Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको


काठमाडौँ। नेकपा (एमाले) ले आगामी भदौ महिनामा हुने विधान अधिवेशनका लागि सुझाव संकलन शुरु भएको जनाएको छ ।

मंगलवार राति सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णयहरू आजै (साउन ७ गते) तल्ला कमिटीहरूमा पठाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रचार विभाग प्रमुख गौतमकाअनुसार एमाले सचिवालयले केन्द्रिय कमिटी र पदाधिकारीको संख्याबारे राखेको प्रश्ताव केन्द्रिय कमिटी बैठकले अनुमोदन गरेको छ । यस्तै जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउनुपर्ने सुझाव अस्वीकार गर्दै बैठकले जिल्ला कमिटीलाई कार्यकारी नै राख्ने निर्णय पनि गरेको छ ।

प्रचार विभाग प्रमुख गौतमले भने, ‘आजको बैठकमा मूलतः कन्क्लुजन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पार्टी सदस्यता दुई तहको हुने कुरालाई उहाँले प्रष्ट गर्नुभएको छ । एउटा– पार्टीको संगठित सदस्यता, अरु– पार्टी सदस्यता । दोस्रो कमिटीहरूको सन्दर्भमा जिल्ला कमिटी समन्वय हुनुपर्छ, बनाउनुपर्छ । राज्यको संयन्त्र बमोजिम भन्ने साथीहरूको जो जिज्ञासा थियो, अहिलेको परिस्थितीमा जिल्ला कमिटीलाई समन्वय बनाएर लिएर जान सकिँदैन । जिल्ला कमिटी कार्यकारी नै हुन्छन् भन्ने निर्णयको कन्क्लुजन भएको छ । केन्द्रिय कमिटी र पदाधिकारीको संख्या अलि घट्यो, अहिलेको सन्दर्भमा यसलाई पुरानै कायम गर्नुपर्छ भन्ने साथीहरूको जिज्ञासा थियो । अहिले परिवर्तित सन्दर्भमा कमिटीमा धेरै संस्या बनाउने, परिभाषित जिम्मेवारी दिन नसक्ने, यस्तो परिवेशमा कमिटीहरू चुस्त, दुरुस्त, छरितो हुनुपर्छ भन्ने हिसावले पदाधिकारीको, केन्द्रिय कमिटीको संख्या, केन्द्रिय कमिटीको एक तिहाई पोलिटब्युरो बनाउने कुरामा उहाँले प्रष्ट गर्नुभएको छ । केन्द्रिय कमिटी २५१ जनाको हुने, त्यसको एक तिहाई पोलिटब्युरो हुने, १५ जनाको पदाधिकारी, स्थायी कमिटी हुनेगरी प्रस्ताव अगाडि बढाइएको छ । र आजदेखि हामी यो प्रस्ताव र आएका सुझावलाई प्रदेश र मातहत कमिटीमा छलफलका लागि एउटा निश्चित समय दिएर हामी पठाउँदैछौँ । र, आएका सुझावहरूलाई समेटेर विधान अधिवेशनमा पुर्याउने हाम्रो सहमति भएको छ ।’

छलफलको क्रममा जम्मा २६४ जना केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्यहरूले भाग लिएका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । सचिवालय, पोलिटब्यूरो हुँदै ५ र ६ गते केन्द्रिय कमिटीको बैठक बसेको थियो । बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?