Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ?


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गरेका छन् ।

बुधवार सिंहदरबारमा बसेको र्साजनिक लेखा समितिको बैठकमा सांसद मोदीले सो प्रश्न गरेका हुन् । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेसन (जेसीई)ले फर्जी डकुमेण्ट पेस गरेको विषयमा परेको उजुरी र विवादबारे छलफल गर्न बुधवार सार्वजनिक लेखा समितिको बैठक बसेको हो । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का लिन जेसीई एएनकेले जलविद्युत आयोजना निर्माणको अनुभव पुर्याउन चिनियाँ कम्पनी हेजाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीसँग मिलेर चीनमा ९० मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो । तर हेजाउले जगदुल्ला हाइड्रो कम्पनीलाई आफ्नो कम्पनीको नाम र छाप नक्कल गरी अनधिकृत रुपमा प्रयोग गरिएको पत्र पठाएपछि विवाद बढेको हो । हाल जगदुल्ला हाइड्रो पावर आयोजनाविरुद्ध संसदको सार्वजनिक लेखा समिति, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि आयोजना अगाडि बढ्न सकेको छैन ।

बैठकमा सरकार र आयोजनाको भूमिकामाथि प्रश्न गर्दै सांसद मोदीले भने, ‘शंकास्पद रुपमा एनयुजर सर्टिफिकेट अनुसूचि ५ को कुनैपनि मिति तथा सही समेत नभएको तथ्य किन नजरअन्दाज गरेको ? मात्र बाँधको फोटो बुझाइएको छ । अन्य संरचनाहरू सुरुङ, पावरहाउस आदीको फोटो किन बुझाएन ? जेसीई एएनके ले दिएको जीआईएसपीएम अनुसुची ६ कोअर्डिनेट गुगल तथा एप्पल म्यापबाट हेर्दा सो कोअर्डिनेट दसौँ किलोमिटरसम्म कुनैपनि जलविद्युत् आयोजनाको नामोनिसान नदेखिएको देखिन्छ । अनुसूची ८ को के यो तथ्यहरू सही हो ? यस्तो साधारण र आधारभूत जाँच गर्ने जनशक्ति र प्राविधिक जनशक्ति, र प्राविधिक मूल्यांकन समिति र व्यवस्थापनमा नभएको हो ? यस्तो गम्भीर विषय नजरअन्दाज गरेको देखिन्छ । प्रश्न र निष्कर्ष हेर्दाखेरी जेसीई एएनकेको दाबी माग सही छ, त्यसको अर्थ सिन्हो हाइड्रो पावरको कीर्ते कागज पेस गरेको ठहर अनिवार्य छ कि छैन ? दुई वटाको सर्टिफिकेट के हो ? भन्ने छानबिन नगरीकन एउटै सर्टिफिकेटले दिएको देखिन्छ । यी सबै विषयबस्तु हेर्दा खाली बन्नुपर्छ बन्नुपर्दैन भन्नुभन्दा यो देशमा ब्याप्त भ्रष्टाचार छ, जताततै कमिसन छ । जताततै भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । तसर्थ त्यो सबै मिलेर तपाइँहरूले नपाउने, कामै नगरेको कम्पनीलाई उहाँहरूले प्रमाणको रुपमा पेस गर्ने गरेर पाइराखेको छ, त्यो गम्भीर प्रश्न उठेको छ ।’

जगदुल्ला आयोजना निर्माणका लागि आवेदन दिएका ४ कम्पनीमध्ये सिनो हाइड्रो पावर र जेसीइ एएनके जेभी सर्टलिस्टमा परेका थिए ।

त्यसलगतै सिनो हाइड्रोपावरले जलविद्युत आयोजना नै नबनाएको र योग्यता नै नपुगेको कम्पनी सर्ट लिस्टमा परेको भन्दै जेसीई एएनकेविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो । २३ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजना निर्माणका लागि करिव १६ अर्ब ऋण र ? सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?