Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले हस्तकला व्यवसायले मुलुकमा रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन्।

हस्तकला व्यवसायी महासंघले आईतवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्रमा समेत हस्तकलाको महत्वपूर्ण योगदान रहेको र आफूले भर्खरै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको उल्लेख गर्दै कला, पर्यटन र उद्योगलाई जोड्दै मुलुकलाई समृद्धितर्फ डोर्याउन लागिपर्ने विश्वास दिलाएका छन् ।

उनले भने, ‘देशको पहिचान जसले बचाएर राख्नुभएको छ । निर्यात तथा आन्तरिक व्यापार गरेर करिब करिव ५० अर्ब बराबरको कारोबार समेत हस्तकला व्यवसायीहरुले गर्नुभएको छ । मैले आज मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेको छु । नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको छ । हस्तकला व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै निकासी व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । आज सम्मान पाउने सम्पूर्ण व्यवसायीहरुको सीप र ज्ञानको म कायल रहेको छु ।’

उनले कार्यक्रममा सम्मान पाउने सबै व्यवसायीहरुलाई बधाई ज्ञापन समेत गरेका छन्।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?