Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चामे क्षेत्रको घट्टे खोलामाथि काठेपुल निर्माण


१० ,भाद्र ,मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे आसपासका घट्टे खोलामाथि काठेपुल निर्माण गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा घट्टे खोला बढेर क्षति पुगेको काठेपुल निर्माण गरिएको हो ।

यही भदौ ८ गते दिउँसो एक्कासि घट्टे खोलामा माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुल पूर्णरूपमा आवतजावत रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई आवतजावतका लागि बाढीले जीर्ण बनाएको काठेपुल मर्मत गरिएको बताईन् ।

उनका अनुसार घट्टे खोलाको सतह बढेर काठे पुललाई छोएर क्षति पुगेपछि आवतजावत रोकिएको थियो ।

उनले भनिन्, “पानीको सतह घटेपछि आज काठेपुल निर्माण गरिएको ।”

वर्षा कम भए पनि कुनै स्थानमा पहिरा खसेर रोकिएपछि पानीको सतह बढ्दा ह्वात्तै खोला बढेको थियो ।

घट्टे खोलामा आएको बाढीका कारण चामे आसपासका दुवै काठेपुल जीर्ण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले खोलामा पानीको सतह कम हुनासाथ काठेपुल निर्माण गरिएको बताए ।

पुलमा क्षति भएपछि सवारीसाधन तथा सर्वसाधारणको आवतजावत ठप्प भएको थियो ।

विसं २०७८ असार १ मा पनि यी चामे बजार वरपरका दुई घट्टे खोला एक्कासि बढेपछि चामेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?