Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

प्रदेश समाचार


गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सो पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिएका छन्

बाघको आक्रमणमा परेका तेमालका दर्जीको स्वास्थ्यमा सुधार,सहयोगको अपिल

काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट घाइते भएका बाबुराम दर्जीको स्वास्थ्यमा सुधार आएको छ । स्थानीय भक्त लामाका अनुसार धुलिखेल अस्पत्तालमा उपचाररत उनको अबश्थामा सुधार आएको छ । अचेत अबश्थामा अस्पत्ताल पुगेका उनी होसमा आएकम छन् । दर्जीलाई १ माघमा जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो

प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवारलाई भौतिक पूर्वाधार मन्त्री यादवकाे सहयोग

बारा ।शिक्षकहरुको शान्तिपुर्ण धारणा आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका बिनको परिवारलाई १ लाख २५ हजार भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादबले नगद आर्थिक सहयोग गरेका छन् । नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापति एवंम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले

दुर्गा प्रसाईंमाथि हातपात गर्ने रामकान्त पक्राउ !

बागलुङ। व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार तेस्रो जित, गण्डकी १०८ रनले पराजित

काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो । गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो। सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो।

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

बागलुङ। व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

मुख्यमन्त्री कार्कीद्वारा सम्पत्ति विवरण सार्वजनिक, २५ तोला सुन र ८ लाख ब्यालेन्स

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पत्ति घटेको विवरण सार्वजनिक गरेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए । मुख्यमन्त्री

कोशी प्रदेशका दुई जिल्लामा सवारी दुर्घटना: चार जनाको मृत्यु

विराटनगर। कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो । त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा को–१ ख ७८३५ नम्बरको बसले प्रदेश १–०१–००२

मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण छ: कानुनमन्त्री भट्ट

चैनपुर,बझाङ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकन छन् । सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका लागि आजदेखि कञ्चनपुरमा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै मन्त्री भट्टले भने, “समाज र राष्ट्रको परिवर्तन गर्न पत्रकार र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको छ ।” समाजले नबुझेको कुरा पत्रकारले

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी-४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी-४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताएका छन् । ‘बेनी -३ को मरेक, राखु, वडा नम्बर-४ को

सम्वन्धित समाचारहरु