Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवारलाई भौतिक पूर्वाधार मन्त्री यादवकाे सहयोग


बारा ।शिक्षकहरुको शान्तिपुर्ण धारणा आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका बिनको परिवारलाई १ लाख २५ हजार भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादबले नगद आर्थिक सहयोग गरेका छन् ।

नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापति एवंम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले सिम्रौनगढ नगरपालिका वडा नं १ निवासी लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैया सहयोग गरेका हुन् ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । आन्दोलनकारीसित भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मंसिर २७ गते मृत्यु भएको थियो।

सो रकम सहयोग गर्ने बेला नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भन बाट भएको निन्दनीय रहेकोे आरोप लगाउनु भयो । बार सिम्रौनगढ नगरपालिका का पुर्व नगर प्रमुख विजय शंकर यादव लगायतको उपस्तिथि रहेको कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताउनु भयो ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?