Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवारलाई भौतिक पूर्वाधार मन्त्री यादवकाे सहयोग


बारा ।शिक्षकहरुको शान्तिपुर्ण धारणा आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका बिनको परिवारलाई १ लाख २५ हजार भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादबले नगद आर्थिक सहयोग गरेका छन् ।

नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापति एवंम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले सिम्रौनगढ नगरपालिका वडा नं १ निवासी लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैया सहयोग गरेका हुन् ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । आन्दोलनकारीसित भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मंसिर २७ गते मृत्यु भएको थियो।

सो रकम सहयोग गर्ने बेला नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भन बाट भएको निन्दनीय रहेकोे आरोप लगाउनु भयो । बार सिम्रौनगढ नगरपालिका का पुर्व नगर प्रमुख विजय शंकर यादव लगायतको उपस्तिथि रहेको कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताउनु भयो ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?