Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार तेस्रो जित, गण्डकी १०८ रनले पराजित


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ।

बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो । गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो। सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो।

गण्डकीका लागि अस्विनी रानाले २५ रन र कमल परियारले २२ रन जोड्दा अरु ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ९ मध्ये ४ ब्याटरले खाता खोल्न सकेनन्। बलिङमा सुदूरका शेर मल्लले ५ विकेट लिए। उनले ८.२ ‌ओभरमा १ मेडन राख्दा २३ रन दिए। गजेन्द्र बोहराले २ विकेट लिए भने भोजराज भट्ट, नरेश साउद र मिलन बोहराले १/१ विकेट हात पारे।

त्यसअघि टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम ५० ओभरमा २०१ रनमा अलआउट भयो। सुदूरका लागि किरण ठगुन्नाले ६० रन र नारायण जोशीले ४६ रन बनाए। बलिङमा गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले ३/३ विकेट तथा कमल परियार र अमृत गुरुङले २/२ विकेट लिन सफल भए।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?