Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार तेस्रो जित, गण्डकी १०८ रनले पराजित


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ।

बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो । गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो। सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो।

गण्डकीका लागि अस्विनी रानाले २५ रन र कमल परियारले २२ रन जोड्दा अरु ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ९ मध्ये ४ ब्याटरले खाता खोल्न सकेनन्। बलिङमा सुदूरका शेर मल्लले ५ विकेट लिए। उनले ८.२ ‌ओभरमा १ मेडन राख्दा २३ रन दिए। गजेन्द्र बोहराले २ विकेट लिए भने भोजराज भट्ट, नरेश साउद र मिलन बोहराले १/१ विकेट हात पारे।

त्यसअघि टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम ५० ओभरमा २०१ रनमा अलआउट भयो। सुदूरका लागि किरण ठगुन्नाले ६० रन र नारायण जोशीले ४६ रन बनाए। बलिङमा गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले ३/३ विकेट तथा कमल परियार र अमृत गुरुङले २/२ विकेट लिन सफल भए।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?