Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

बाघको आक्रमणमा परेका तेमालका दर्जीको स्वास्थ्यमा सुधार,सहयोगको अपिल


काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट घाइते भएका बाबुराम दर्जीको स्वास्थ्यमा सुधार आएको छ । स्थानीय भक्त लामाका अनुसार धुलिखेल अस्पत्तालमा उपचाररत उनको अबश्थामा सुधार आएको छ । अचेत अबश्थामा अस्पत्ताल पुगेका उनी होसमा आएकम छन् ।

दर्जीलाई १ माघमा जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । उनको अनुहार,हात खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ । आक्रमणबाट दर्जी सख्त घाईते बनेका थिए । उनलाइ करिव डेढ किलोमिटर जङ्‌गलमा घिसारेर लगेको अवस्थामा भेटिएको थियो ।

उनलाइ प्रहरी र स्थानीयको पहलमा उद्धार गरी धुलिखेल अस्पत्तालमा ल्याएको छ । उनी विहान ७ बजे घाँस काट्न जंगल गएका थिए । तर,लामो समयसम्म घर नफर्केपछि दिँउसो १२ बजे उनको खोजी भएको थियो । मोबाइलको आधारमा घटनास्थल पहिचान भएको थियो। कमजोर आर्थिक अबश्थाका कारण परिवारले उनको उपचारका लागि अपिल गरेको छ ।

सम्बन्धित समाचारः

बाघको आक्रमणबाट तेमालका बाबुराम दर्जी गम्भिर घाईते,धुलिखेल अस्पत्तालमा उपचार जारी !


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?