Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बाघको आक्रमणमा परेका तेमालका दर्जीको स्वास्थ्यमा सुधार,सहयोगको अपिल


काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट घाइते भएका बाबुराम दर्जीको स्वास्थ्यमा सुधार आएको छ । स्थानीय भक्त लामाका अनुसार धुलिखेल अस्पत्तालमा उपचाररत उनको अबश्थामा सुधार आएको छ । अचेत अबश्थामा अस्पत्ताल पुगेका उनी होसमा आएकम छन् ।

दर्जीलाई १ माघमा जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । उनको अनुहार,हात खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ । आक्रमणबाट दर्जी सख्त घाईते बनेका थिए । उनलाइ करिव डेढ किलोमिटर जङ्‌गलमा घिसारेर लगेको अवस्थामा भेटिएको थियो ।

उनलाइ प्रहरी र स्थानीयको पहलमा उद्धार गरी धुलिखेल अस्पत्तालमा ल्याएको छ । उनी विहान ७ बजे घाँस काट्न जंगल गएका थिए । तर,लामो समयसम्म घर नफर्केपछि दिँउसो १२ बजे उनको खोजी भएको थियो । मोबाइलको आधारमा घटनास्थल पहिचान भएको थियो। कमजोर आर्थिक अबश्थाका कारण परिवारले उनको उपचारका लागि अपिल गरेको छ ।

सम्बन्धित समाचारः

बाघको आक्रमणबाट तेमालका बाबुराम दर्जी गम्भिर घाईते,धुलिखेल अस्पत्तालमा उपचार जारी !


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?