Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण छ: कानुनमन्त्री भट्ट


चैनपुर,बझाङ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकन छन् ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका लागि आजदेखि कञ्चनपुरमा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै मन्त्री भट्टले भने, “समाज र राष्ट्रको परिवर्तन गर्न पत्रकार र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको छ ।”

समाजले नबुझेको कुरा पत्रकारले बुझेको हुन्छ भन्दै मन्त्री भट्टले त्यसैले समाजलाई कुन दिशामा डोर्‍याउने र समाजको परिवर्तन कसरी गर्ने भन्ने कुरा पत्रकारलाई थाहा हुने स्पष्ट गरे । यसकारण पत्रकारिता पेसामा लाग्ने मान्छे स्वतन्त्र, स्वाभिमानी र जिम्मेवार हुनु जरुरी रहेको उनको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउन पत्रकार नै लाग्नुपर्नेमा जोड दिए । उनले पत्रकारलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह समेत गरेका छन् ।

सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई नयाँ ढङ्गबाट उचाइमा पु¥याउन समाचारदाताहरुलाई तालिम सुरु गरेको बताएका छन् । लुम्बिनी र गण्डकी प्रदेशका समाचारदाताहरुपछि सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरण गर्न लागेको बताए ।

उनले राससले देशका विभिन्न मातृभाषालाई प्राथमिकता दिएको उल्लेख गर्दै मातृभाषामा पनि समाचार सेवा सुरु गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी समेत दिए।

दुई दिनसम्म सञ्चालन हुने समाचार लेखनसम्बन्धी यस सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरणमा १८ जना समाचारदाताको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?