Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण छ: कानुनमन्त्री भट्ट


चैनपुर,बझाङ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकन छन् ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका लागि आजदेखि कञ्चनपुरमा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै मन्त्री भट्टले भने, “समाज र राष्ट्रको परिवर्तन गर्न पत्रकार र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको छ ।”

समाजले नबुझेको कुरा पत्रकारले बुझेको हुन्छ भन्दै मन्त्री भट्टले त्यसैले समाजलाई कुन दिशामा डोर्‍याउने र समाजको परिवर्तन कसरी गर्ने भन्ने कुरा पत्रकारलाई थाहा हुने स्पष्ट गरे । यसकारण पत्रकारिता पेसामा लाग्ने मान्छे स्वतन्त्र, स्वाभिमानी र जिम्मेवार हुनु जरुरी रहेको उनको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउन पत्रकार नै लाग्नुपर्नेमा जोड दिए । उनले पत्रकारलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह समेत गरेका छन् ।

सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई नयाँ ढङ्गबाट उचाइमा पु¥याउन समाचारदाताहरुलाई तालिम सुरु गरेको बताएका छन् । लुम्बिनी र गण्डकी प्रदेशका समाचारदाताहरुपछि सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरण गर्न लागेको बताए ।

उनले राससले देशका विभिन्न मातृभाषालाई प्राथमिकता दिएको उल्लेख गर्दै मातृभाषामा पनि समाचार सेवा सुरु गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी समेत दिए।

दुई दिनसम्म सञ्चालन हुने समाचार लेखनसम्बन्धी यस सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरणमा १८ जना समाचारदाताको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?