Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कोशी प्रदेशका दुई जिल्लामा सवारी दुर्घटना: चार जनाको मृत्यु


विराटनगर। कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।

त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा को–१ ख ७८३५ नम्बरको बसले प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा घाइते भएकी सफारीमा सवार ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको हो भने मोरङकै सुन्दर सुन्दरहरैँचा नगरपालिका–८ मा प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बेलवारी नगरपालिका–२ का २२ वर्षीय रुपक घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काँडेबाट लसुनेतर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत झापाको मेचीनगर नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको छ ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?