२२ ,श्रावण ,भरतपुर । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी सोमबार २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय
२२ ,श्रावण ,दमौली । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष
२१ ,श्रावण ,गण्डकी । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ । महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार
२१ ,श्रावण ,सुरुङ्गा (झापा) । बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ । बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ । इलाका प्रहरी
२१ ,श्रावण ,धनुषा । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन
२१ ,श्रावण ,बझाङ । खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो । प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ । मेहनतको फल (प्याज)ले भान्छा नपाएपछि शेरबहादुरको घरमा निराशा छाएको छ । घरको भान्छा हुँदै पालिकाबासीलाई समेत तरकारी खुवाउने सपना
२१ श्रावण, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिए
२१ श्रावण, काठमाडाैँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको
२१ श्रावण, नेपालगञ्ज । एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किने क्रममा भारतको श्रावस्ती जिल्लामा
२१ श्रावण, पाल्पा । पाल्पामा गत आर्थिक वर्षमा एक सय ४३ उद्योग खारेज भएका छन् । आव २०७९-८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७८-७९ मा एक सय ८८ उद्योग र दुईसय ३९ फर्म