Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड


हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौँ। विश्व सम्पदा सूचिमा सुचिकृत ऐतिहासिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार संग्रहालयको १६ औं स्थापना दिवस मनाइएको छ ।

शनिवार काठमाडौंको वसन्तपुरमा सो संग्रहालयको स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा २०७२ सालको भूकम्पले ध्वस्त बनाएका सबै संरचनाहरुको निर्माण कार्य करिव पूरा हुन लागेको जानकारी गराइएको छ । सो संग्रहालयका विकास समितिका अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सो संग्रहालयको दिगो संरक्षण र प्रवद्र्धनमा सबैको सहयोगको अपेक्षा गरिएको पनि बताएका छन् । उनले सो संग्रहालयलाई अझ सक्षम, आकर्षक र शैक्षिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको पनि बताएका छन् ।

सचिव निरौलाले भने,‘आगामी दिनमा सार्वजनिक–निजी साझेदारी,समुदायको सक्रिय सहभागिता र आधुनिक व्यवस्थापन प्रणालीमार्फत यस संग्रहालयलाई अझ, सक्षम, आकर्षक र शैक्षिक केन्द्रको रुपमा विकास गर्न सबैको सहयोगको आवश्यक्ता रहेको छ । संग्रहालयको दिगो संरक्षण र प्रवद्र्धनमा सबै पक्षको निरन्तर सहयोगको अपेक्षा राख्दछु ।’

कार्यक्रममा २०७२ सालको भूकम्प अघिको संग्रहालय र पुनर्निर्माणपछिको हालको संग्रहालय झल्काउने खालका फोटो प्रदर्शनी पनि गरिएको छ । सो प्रदर्शनी एक हप्तासम्म जारी रहने संग्रहालयका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १२ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?