Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड


हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौँ। विश्व सम्पदा सूचिमा सुचिकृत ऐतिहासिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार संग्रहालयको १६ औं स्थापना दिवस मनाइएको छ ।

शनिवार काठमाडौंको वसन्तपुरमा सो संग्रहालयको स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा २०७२ सालको भूकम्पले ध्वस्त बनाएका सबै संरचनाहरुको निर्माण कार्य करिव पूरा हुन लागेको जानकारी गराइएको छ । सो संग्रहालयका विकास समितिका अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सो संग्रहालयको दिगो संरक्षण र प्रवद्र्धनमा सबैको सहयोगको अपेक्षा गरिएको पनि बताएका छन् । उनले सो संग्रहालयलाई अझ सक्षम, आकर्षक र शैक्षिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको पनि बताएका छन् ।

सचिव निरौलाले भने,‘आगामी दिनमा सार्वजनिक–निजी साझेदारी,समुदायको सक्रिय सहभागिता र आधुनिक व्यवस्थापन प्रणालीमार्फत यस संग्रहालयलाई अझ, सक्षम, आकर्षक र शैक्षिक केन्द्रको रुपमा विकास गर्न सबैको सहयोगको आवश्यक्ता रहेको छ । संग्रहालयको दिगो संरक्षण र प्रवद्र्धनमा सबै पक्षको निरन्तर सहयोगको अपेक्षा राख्दछु ।’

कार्यक्रममा २०७२ सालको भूकम्प अघिको संग्रहालय र पुनर्निर्माणपछिको हालको संग्रहालय झल्काउने खालका फोटो प्रदर्शनी पनि गरिएको छ । सो प्रदर्शनी एक हप्तासम्म जारी रहने संग्रहालयका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १२ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?