Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

टोखाभित्र सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही


२१ श्रावण, काठमाडाैँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए ।

सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?