Trending
>>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ? >>   ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ >>   सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ >>   काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक >>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
Logo
१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा


सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा

काठमाडौँ । जेन–जी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा ढुंगाना समूहले वर्तमान सरकारले जेन–जी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको हो । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र नागरिक समाज सम्मिमलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताउनुभएको हो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पुराना राजनीतिक दलका नेताहरुलाई सरकार प्रमुख नबनाउनेगरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । उहाँले प्रणाली नै खराब रहेको अवस्थामा वैधानिकता मात्र हेर्न नहुने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ । सबै कुरा बैधानिकतामा हेर्नु हुँदैन । सिस्टम नै बिग्रेको छ भने वैधानिकता हेरेर तपाई कहाँ पुग्नुहुन्छ । त्यसकारण अहिले सर्वसहमति गररे अघि जानुपर्छ । नयाँ पुराना सबैलाई राखेर सर्वसहमति गर्ने हो तर सर्वपक्षीय सरकारको नेतृत्व पुराना शीर्ष नेताले गर्ने हैन । यो कुरामा हामी क्लियर छौँ र मागिरहेका पनि यही हौँ ।’

कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै ढुंगाना समूह आन्दोलनरत छ ।


प्रकाशित मिति: २८ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?