Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाँजा खेती नष्ट गर्न घरघरमा प्रहरी


२१ ,श्रावण ,सुरुङ्गा (झापा) । बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ । बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा गाँजा खेती नष्ट गरेको हो ।

औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयवासीले गाँजा खेती गर्दै आएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक कटुवालको भनाइ छ । विशेषगरी आदिवासी समुदायले करेसाबारीमा गाँजा खेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री वितरण गर्ने गरेको बताइएको छ ।

गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागुऔषधको लतमा फस्न सक्ने जोखिम बढेको भन्दै प्रहरीलाई विशेष सूचना आएसँगै अभियान नै चलाएर बाह्रदशी गाउँपालिका क्षेत्रमा गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय युवा पुस्ता कुलतमा फस्ने क्रम बढेसँगै स्थानीयवासीले समेत प्रहरीलाई लागुऔषध दुर्व्यसन र गाँजा खेती न्यूनीकरणमा सहयोग पुर्‍याउँदै आएको बताइएको छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?