काठमाडौं। सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ। जनमतका नेता कार्यकर्ताले विरोध गर्दै सुरक्षा घेरा तोडेपछि लाठीचार्ज गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन्।त्यस्तै, प्रहरीको लाठी चार्जबाट मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवलगायत घाइते भएका छन्
जाजरकोट। सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै, छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र
भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । उक्त प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ । उक्त अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक
काठमाडौं। काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् । उक्त महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । त्यस्तै, फुटपाथ तथा साना व्यवसायीहरुले
काठमाडौं। मधेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । नेकपा एमाले मधेश प्रदेश कमिटी कार्यालयका पदाधिकारीको जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले जिल्ला प्रतिनिधि परिषद्को बैठकसमेत तय गरेको छ । रौतहटको माघ १८, बाराको माघ २०, पर्साको माघ
काठमाडौं। कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ता प्रक्रिया अघि बढाउने भएको छ । गत शनिबार प्रदेश सरकारले वार्ताका लागि समिति गठन गरेको थियो । उक्त समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो । त्यस्तै, सरकारी वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग
गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ । पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् । त्यस्तै, लामो समयदेखि अव्यवस्थित रहेका बसोबासीलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत निस्सा वितरण गरेको उनले बताए । ‘गाउँपालिकामा वडा नम्बर ७
काठमाडौं। आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ । त्यस्तै, महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० का चार महत्त्वपूर्ण बौद्ध तिर्थस्थलको भ्रमणमा सहभागी २९ जना धर्मगुरुहरूलाई आइतबार राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सहभागीहरुलाई धन्यवाद दिँदै सो प्रमाणपत्र प्रदान गर्नुभयो । भ्रमणमा निस्कनु अघि सो टोलीलाई राष्ट्रपति पौडेलले बिदाइ गर्नुभएको थियो ।
त्रिवेणी,रुकुम पश्चिम। गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको दुई महिना भन्दाबढी समय वितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन्