Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया


भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । उक्त प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ ।

उक्त अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. शुभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको छ ।

त्यस्तै, सुर्खेतमै शल्यक्रिया सेवा सुरु भएपछि कर्णालीका ढाँडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको डा.श्रेष्ठले बताएका छन् । महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाँडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको उनले जानकारी दिए ।

विसं २०७९ असारदेखि सञ्चालनमा आएको उक्त कोषबाट स्पानल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले रू एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् भने आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष सञ्चालन गरेको जनाएको छ ।

पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवा सञ्चालन हुँदै आएका छन् भने अर्पोपेडिक विभागमा हाल डा शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रवीन केसी, डा. तेजेन्द्र साउद, डा. किशोर कुमार विष्ट र डा. हिक्मत भण्डारीसहित छ जना चिकित्सक कार्यरत छन् ।

त्यसैगरी, हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुसीयाली मनाएको छ । उक्त कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डा. डम्बर खड्कालगायत अर्थोपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?