Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

आकाशे पुलमा व्यानर राखेर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरले गर्‍यो ५० हजार जरिवाना


काठमाडौं। आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ । त्यस्तै, महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा जरिवाना गरी आकाशे पुलहरुमा सो कम्पनीले लगाएको व्यानरसमेत जफत गरेको हो ।

नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले सो कम्पनीबाट जरिवानावापत् ५० हजार रुपैयाँ असुल गरेका छन् । विभिन्न आकाशे पुलहरुमा व्यानर लगाइ पूरानो हुँदा सम्म पनि नहटाएको र त्यसबाट दृश्य प्रदुषण गरी फोहोरमैला गरेवापत् ५० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ जरिवाना रसिदमा उल्लेख छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?