Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आकाशे पुलमा व्यानर राखेर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरले गर्‍यो ५० हजार जरिवाना


काठमाडौं। आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ । त्यस्तै, महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा जरिवाना गरी आकाशे पुलहरुमा सो कम्पनीले लगाएको व्यानरसमेत जफत गरेको हो ।

नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले सो कम्पनीबाट जरिवानावापत् ५० हजार रुपैयाँ असुल गरेका छन् । विभिन्न आकाशे पुलहरुमा व्यानर लगाइ पूरानो हुँदा सम्म पनि नहटाएको र त्यसबाट दृश्य प्रदुषण गरी फोहोरमैला गरेवापत् ५० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ जरिवाना रसिदमा उल्लेख छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?