Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

काठमाडौं महानगर अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन


काठमाडौं। काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् । उक्त महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

त्यस्तै, फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा धर्ना दिइरहेका छन् भने नेपाल प्रहरीसहित नगर प्रहरीको टोलीले गेटमा सुरक्षा दिइरहेको छ ।

हामीले आइतबार साँझ पनि एउटा अप्रेसन गरेका थियौं, जसमा १५ भन्दा बढी ठेलागाडासहित अन्य सामग्री जफत गरेका थियौं । सोही कुरालाई लिएर अहिले प्रदर्शन भइरहेको छ,’ महानगर प्रहरीका एक अधिकारीले भने ।

उक्त महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ । आन्दोलनको अगुवाई गरेका अभियान्ता कुमार सापकोटोले नगर प्रहरीले लुटको शैलीमा फुटपाथ व्यवसायीको सामान जफत गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए ।

‘उनीहरुले सामान जफत गर्दा कतिजना फुटपाथ व्यवसायीहरुको गलामा लगाएको गहना, मोबाइल समेत हराएको छ भने रोजीरोटी गर्ने साधन खोसिएको छ । यसकै विरोधमा आजको आन्दोलन हो,’ सापकोटाले भने । फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न अभियान्ता ईःसँग सम्झौता गरेको महानगरले सम्झौता कार्यान्वयन गर्न बनाएको समिति अझै पूर्ण सक्रिय भएको छैन ।

सो महानगरले ईःसँग गरेको सम्झौता कार्यान्वयन कार्यदल समितिका सदस्य समेत रहेका सापकोटाले नगर प्रहरीको ज्यादतीविरूद्ध आन्दोलन निरन्तर गर्नेबारे छलफल भइरहेको बताएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?