Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रदेश नामकरणबारे आन्दोलनरत पक्षसँग वार्ता गर्ने सरकारको तयारी


काठमाडौं। कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ता प्रक्रिया अघि बढाउने भएको छ । गत शनिबार प्रदेश सरकारले वार्ताका लागि समिति गठन गरेको थियो । उक्त समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो ।

त्यस्तै, सरकारी वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन् । सोमबार बस्ने समितिको बैठकले पहिचान पक्षधरसँग के-कस्ता विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउने उनले बताए । सो बैठकपछि आन्दोलनरत समूहलाई वार्ताका लागि औपचारिक रुपमा आह्वान गरिने भएको छ ।

त्यस्तै, गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको थियो भने जवेगुको नेतृत्वमा रहेको वार्ता समितिको सदस्यमा मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् ।

उक्त प्रदेश सभा बैठकले फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ पारित गरेको थियो । कोशी नामको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितले समर्थन गरेका थिए । उक्त नामकरणपछि पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन् ।

सो आन्दोलनका क्रममा एकजना आन्दोलनकारीको मृत्यु भएको थियो । प्रहरी र आन्दोलनकारी गरी थुप्रै घाइते भएका थिए भने मृत्यु भएका आन्दोलनकारी पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?