Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

तय भयो मधेशमा एमालेको जिल्ला अधिवेशन र प्रतिनिधि परिषद् बैठकको मिति


काठमाडौं। मधेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । नेकपा एमाले मधेश प्रदेश कमिटी कार्यालयका पदाधिकारीको जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त बैठकले जिल्ला प्रतिनिधि परिषद्को बैठकसमेत तय गरेको छ । रौतहटको माघ १८, बाराको माघ २०, पर्साको माघ २१, सर्लाही र सिरहाको फागुन ५ र धनुषा तथा सप्तरीको फागुन ७ गते जिल्ला प्रतिनिधि परिषद्को बैठक गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, महोत्तरीको माघ २२ र २३, रौतहटको माघ २५ र २६, पर्साको माघ २८ र २९ गते र बाराको फागुन १२ र १३ गते हुने जिल्ला अधिवेशन भव्य बनाउन सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ।

सर्लाही, धनुषा, सिरहा र सप्तरीको जिल्ला अधिवेशन चैतको पहिलो हप्ताभित्र गरिसक्न जिल्ला कमिटीलाई निर्देशन दिएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?