Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तय भयो मधेशमा एमालेको जिल्ला अधिवेशन र प्रतिनिधि परिषद् बैठकको मिति


काठमाडौं। मधेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । नेकपा एमाले मधेश प्रदेश कमिटी कार्यालयका पदाधिकारीको जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त बैठकले जिल्ला प्रतिनिधि परिषद्को बैठकसमेत तय गरेको छ । रौतहटको माघ १८, बाराको माघ २०, पर्साको माघ २१, सर्लाही र सिरहाको फागुन ५ र धनुषा तथा सप्तरीको फागुन ७ गते जिल्ला प्रतिनिधि परिषद्को बैठक गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, महोत्तरीको माघ २२ र २३, रौतहटको माघ २५ र २६, पर्साको माघ २८ र २९ गते र बाराको फागुन १२ र १३ गते हुने जिल्ला अधिवेशन भव्य बनाउन सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ।

सर्लाही, धनुषा, सिरहा र सप्तरीको जिल्ला अधिवेशन चैतको पहिलो हप्ताभित्र गरिसक्न जिल्ला कमिटीलाई निर्देशन दिएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?