Trending
>>   रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त >>   राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई ‘निलम्बन’ परेको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा >>   १२ घण्टामा गाजामा इजरायली आक्रमणबाट एक सय बढी प्यालेस्टिनीहरूको मृत्यु >>   सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल >>   कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल >>   प्रचण्ड र माधव प्रति ओलीको कटाक्षः जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु >>   आज मिति २०८२ साल जेठ ०३ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   न्याय सेवाका सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा >>   शिक्षा उपसमितिको बैठकमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइको बत्ति बालेर निरन्तरता >>   हिरासतमुक्त भएका भएका मिश्रले भने : हाजिर जमानतमा मात्र छुटेकाले धेरै खुशी हुने पक्षमा छैन
Logo
४ जेष्ठ २०८२, शनिबार
४ जेष्ठ २०८२, शनिबार

खेलकुद


नेपाल खो खो विश्वकपको उपविजेता

काठमाडौँ। खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग  पराजित हुँदै उपविजेतामा सीमित भएको हो । नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछ । नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय

एनकेएलमा विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौँ। विराटनगर ब्यान्डिट्सले शनिवार धनगढी वाइल्ड क्याटलाई हराउँदै नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी शुरुवात गरेको छ । लिगको दोस्रो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याटमाथि ४६–३४ को स्कोरमा जित निकाल्दै एनकेएलमा विजयी शुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी एनकेएलमा यो दोस्रो खेल हो ।

टाइगर कप भलिबलमा दुई विदेशी टोली

काठमाडौँ। टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ । टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिष्पर्धा गर्ने भएका छन्

एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली

काठमाडौँ। सबै फ्रेन्चाइज टोलीले शुक्रवारदेखि शुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण शुक्रवारबाट शुरु हुँदैछ । उद्घाटनअगाडि पत्रकार सम्मेलनमा ६ वटै फ्रेन्चाइज टोलीका प्रशिक्षक तथा मार्की खेलाडीले तयारी राम्रो रहेकाले उपाधि जित्ने दाबेदारी

जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने

काठमाडौँ। जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टि—ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा नेपाल, भारत र बगंलादेशका गरी कुल आठ वटा विश्वविद्यालयले प्रतिष्पर्धा गर्ने जय नेपाल टी ट्वान्टी क्रिकेट माघको दोस्रो सातादेखि हुन लागेको हो । प्रतियोगिताका खेलहरू

अन्य व्यावसायिक लिगले राम्रो वातावरण सिर्जना गरेको छ– अध्यक्ष बेगानी

काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) का अध्यक्ष अमित बेगानीले नेपालमा यसअघि भइरहेका फ्रेन्चाइज लिगले नयाँ खेलका व्यावसायिक लिग आयोजना गर्न राम्रो वातावरण सिर्जना गरेको बताएका छन् । आगामी शुक्रवारदेखि ६ वटा फ्रेन्चाइज टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण खेल्दैछन् । आयोजनाको संघारमा पुग्दा एनकेएलका अध्यक्ष

नेपाल कबड्डी लिगको रोनकता शुरु हुँदै

काठमाडौँ। पहिलो पल्ट हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) नजिकिँदै गर्दै नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको रौनकता शुरु भएको छ । निकै चर्चा र लोकप्रियतासँगै क्रिकेटको फ्रेन्चाइज प्रतिष्पर्धा सकिन नपाउँदै कबड्डीको पनि व्यावयायिक प्रतिष्पर्धा शुरु हुन लागेको हो । आगामी माघ ४ गतेदेखि ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा विजय र नितेश स्वर्णनजिक

काठमाडौँ। नेपालका विजय थापा र नितेश कठायतले प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु शनिवारदेखि सुरु भएको प्रतियोगितामा विजय र नितेशले पुरुष ५० केजीमुनि तौलसमूहको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका हुन् । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा

पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुँदै

काठमाडौँ । काठमाडौंमा आगामी शनिवारदेखि प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ । नेपाल जितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । जितकुण्डो मार्सल आट्र्स संघले काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन

प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी-२० छनोट प्रतियोगिता हुन लागेको हो । दुई समूहमा विभाजन गरी

सम्वन्धित समाचारहरु