Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविरामः पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगरबीच नै हुने


काठमाडौँ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग पराजित भएको छ ।

शनिवार भएको समूहचरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य प्रश्तुत गरेको थियो । निर्धारित २० ओभरमा सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा ३ छक्का र एक चौकासहित सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै ईशान पाण्डेले ३५ बलमा २ छक्का र २ चौकासहित ३८ रन बनाए भने जोस ब्राउनले २५ बलमा २४ रन बनाए । त्यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्कासहित १९ रनको योगदान गर्दा विकेटकिपर विनोद भण्डारीले १२ बलमा ३ चौकासहित १५ रनको योगदान दिए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट हात पारे । त्यस्तै प्रतिश जिसीले एक ओभरमा ४ रन दिएर २ विकेट लिए भने बसिर अहमदले ४ ओभरमा २७ रन खर्चिए । उनले एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले शुरुबाटै आक्रामक खेल्यो । ओपनर सम हेजल्ट र फाफ डू प्लेसिसले अर्धशतक प्रहार गरे । हेजल्टले २१ बलमा ५१ रनको पारी खेल्दा प्लेसिसले २० बलमै ५० रन बनाए । त्यस्तै मार्टिन गुप्टिल ९ बलमा २२ रन बनाएर रन आउट हुँदा बसिर अहमद ९ बलमा ८ रन बनाएर आट भए । लोकेश बम ४ बलमा ३ रन बनाएर नट आउट रहँदा प्रतिश जिसीले ३ बलमा दुई छक्कासहित १३ रनको योगदान दिए ।

सुदूरपश्चिमका अविनाश बोहराले २.५ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिए भने हर्मित सिंहले ३ ओभरमा १ विकेट लिएर २७ रन खर्चिए । त्यस्तै कप्तान ऐरीले २ ओभरमा ३८ रन खर्चिए भने हिक्मत महराले १ ओभरमा २० रन खर्चिए । पुनित मेहराले १ ओभरमा ९ रन खर्चिंदा ध्रुव परासरले २ ओभर बलिङ गरेर १७ रन खर्चिए ।

यससँगै विराटनगर किंग्स दोस्रो स्थानमा रहँदै पावर प्लेमा पुगेको छ । विराटनगरको ७ खेलबाट १० अंक छ भने पहिलो स्थानमा समान खेलबाट १२ अंक जोडेको सुदूरपश्चिम रहेको छ । त्यस्तै काठमाण्डु गोर्खाज ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहँदा लुम्बिनी लायन्स ७ खेलबँट ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । विराटनगरसँगको पराजयसँगै सुदूरपश्चिमको अपराजित यात्रामा विराम लागेको छ । अब सुदूरपश्चिम र विराटनगरबीच नै मंगलवार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोलीले शनिवार हुने फाइनल खेल्नेछ । पराजय हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । बुधवार इलिमिनेटरको खेलमा काठमाण्डु र लुम्बिनी लायन्स भिड्नेछन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्दा पराजय हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्नेछ ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?