Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविरामः पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगरबीच नै हुने


काठमाडौँ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग पराजित भएको छ ।

शनिवार भएको समूहचरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य प्रश्तुत गरेको थियो । निर्धारित २० ओभरमा सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा ३ छक्का र एक चौकासहित सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै ईशान पाण्डेले ३५ बलमा २ छक्का र २ चौकासहित ३८ रन बनाए भने जोस ब्राउनले २५ बलमा २४ रन बनाए । त्यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्कासहित १९ रनको योगदान गर्दा विकेटकिपर विनोद भण्डारीले १२ बलमा ३ चौकासहित १५ रनको योगदान दिए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट हात पारे । त्यस्तै प्रतिश जिसीले एक ओभरमा ४ रन दिएर २ विकेट लिए भने बसिर अहमदले ४ ओभरमा २७ रन खर्चिए । उनले एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले शुरुबाटै आक्रामक खेल्यो । ओपनर सम हेजल्ट र फाफ डू प्लेसिसले अर्धशतक प्रहार गरे । हेजल्टले २१ बलमा ५१ रनको पारी खेल्दा प्लेसिसले २० बलमै ५० रन बनाए । त्यस्तै मार्टिन गुप्टिल ९ बलमा २२ रन बनाएर रन आउट हुँदा बसिर अहमद ९ बलमा ८ रन बनाएर आट भए । लोकेश बम ४ बलमा ३ रन बनाएर नट आउट रहँदा प्रतिश जिसीले ३ बलमा दुई छक्कासहित १३ रनको योगदान दिए ।

सुदूरपश्चिमका अविनाश बोहराले २.५ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिए भने हर्मित सिंहले ३ ओभरमा १ विकेट लिएर २७ रन खर्चिए । त्यस्तै कप्तान ऐरीले २ ओभरमा ३८ रन खर्चिए भने हिक्मत महराले १ ओभरमा २० रन खर्चिए । पुनित मेहराले १ ओभरमा ९ रन खर्चिंदा ध्रुव परासरले २ ओभर बलिङ गरेर १७ रन खर्चिए ।

यससँगै विराटनगर किंग्स दोस्रो स्थानमा रहँदै पावर प्लेमा पुगेको छ । विराटनगरको ७ खेलबाट १० अंक छ भने पहिलो स्थानमा समान खेलबाट १२ अंक जोडेको सुदूरपश्चिम रहेको छ । त्यस्तै काठमाण्डु गोर्खाज ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहँदा लुम्बिनी लायन्स ७ खेलबँट ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । विराटनगरसँगको पराजयसँगै सुदूरपश्चिमको अपराजित यात्रामा विराम लागेको छ । अब सुदूरपश्चिम र विराटनगरबीच नै मंगलवार पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टोलीले शनिवार हुने फाइनल खेल्नेछ । पराजय हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । बुधवार इलिमिनेटरको खेलमा काठमाण्डु र लुम्बिनी लायन्स भिड्नेछन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्दा पराजय हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्नेछ ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?