Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

१३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन


काठमाडौँ। त्रिभूवन आमी क्लव १३ औं एनएसए कप पौडी च्याम्पियनसिपमा सर्वाधिक ९०५ फिना अंकका साथ च्याम्पियन भएको छ ।

सातदोबाटोस्थित राष्ट्रिय हिटिङ पौडी पोखरीमा आईतवार सम्पन्न च्याम्पियनसिपमा आर्मी च्याम्पियन हुँदा शिर्ष तीन स्थानमा विभागीय टोली नै हाबी भयो । नेपाल पौडी संघको आयोजनामा सम्पन्न दुई दिने च्याम्पियनपिमा नेपाल पुलिस क्लव सात सय १९ र एपिएफ चार सय ७२ अंकसहित दोस्रो र तेस्रो भए । यस प्रतियोगितामा कुल ३१ स्वर्ण पदकका लागि १७ वटा टोलीका एक सय ८३ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । तर एउटा विधामा भने प्रतिष्पर्धी नपुग्दा खेल आयोजना भएन । तीन वटा राष्ट्रिय कीर्तिमान बनेको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । दोस्रो दिन पनि १५ स्वर्ण पदकको टुङ्गो लाग्यो ।

पुरुष चार सय मिटर फ्रिस्ट्यालमा जेम्सका कल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । उनले चार मिनेट १४.२४ सेकेन्ड समय लगाए । यस विधामा अथर्भ सिंहको चार मिनेट १६.७ सेकेन्डमा कीर्तिमान थियो । आर्मीका सौरेनबहादुर सिंहले रजत र सुदूरपश्चिमका अथर्भले कांस्य पदक जिते । पुरुषकै ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले कीर्तिमानसहित स्वर्ण पदक प्राप्त गरे । उनले आफ्नै नाममा रहेको ३०.५३ सेकेन्डको समय सुधार गरेका हुन् । यसपल्ट उनले ३०.३९ सेकेण्डको समय निकाले । एपिएफका जाडेन श्रेष्ठ र सगरमाथाका आरेक कर्मचार्य क्रमशः दोस्रो र तेस्रो भए । एक सय मिटर ब्याकस्ट्रोकमा जाडेनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।

उनले आफ्नै नाममा रहेको एक मिनेट १.४७ सेकेण्डको समय सुधार गरेका हुन् । यसपल्ट जाडेनले एक मिनेट ०.५९ मिली सेकेन्ड समयमा दूरी पार गरे । यस विधामा एपिएफका निर्णय थापाले रजत र पुलिस क्लवका आरुस अवालेले काँस्य पदक प्राप्त गरेका छन् । यस विधाको महिलामा आर्मीकी मिखा श्रेष्ठले स्वर्ण जितिन् । उनले एक मिनेड ८.४३ सेकेण्ड समय लगाइन् । ब्रिटिस स्कुलकी स्निग्धा सेरचनले रजत र जेम्सकी श्रेया महर्जन काँस्य पदक जित्न सफल भइन् । एक सय मिटर ब्रस्टस्ट्रोकमा कोशी विकास कुमालले कीर्तिमानसहित स्वर्ण पदक जिते । उनको यो दोस्रो कीर्तिमान पनि हो । उनले आफ्नै नाममा रहेको एक मिनेट ७.५० सेकेण्डको समय सुधार गरेका हुन् ।

यसपल्ट उनले एक मिनेट ६.८५ सेकेण्डको समय निकाले । यस विधामा एपिएफका जाडेन र आर्मीका आरभ अग्रवाल क्रमशः दोस्रो र तेस्रो भए । यसअघि पहिलो दिन जेम्सका कल्किनले १५ सय मिटर फ्रिस्ट्याल, इरभिनले दुई सय मिटर फ्रिस्ट्याल र सौर्यनले एक सय मिटर बटरफ्लाइमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?