Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

योजनाअनुसार खेलमा सफल भयौँः सन्दीप


काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरु प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताएका छन् ।

उनले फिल्डिङ रोजेसँगै जितसुकै ठूलो लक्ष्य दिएपनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताए । बलिङमा बीचमा केही ठाउँमा चुकेको भएपनि राम्रो खेलेको बताए । ओपनिङ पार्टनरसिप नै आफूहरुका लागि महत्वपूर्ण भएको बताए ।

विराटनगर किंग्सका खेलाडी फाप डु प्लेसिसले पावर प्लेमा स्पिनर बलिङ र दायाँ र बायाँ हाते ब्याट्सम्यान भएकाले पनि रन बढी बटुल्न सकेको बताए । विश्व क्रिकेटमै सन्दीप स्पेशल बलर रहेको बताउँदै टिमले उनीबाट धेरै अपेक्षा गर्ने बताए । उनले नेपालमा क्रिकेटको विशेष रहेको र आफू त्यसबाट प्रभावित भएको पनि बताए ।

सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफ शेखले समग्रमा आजको खेल राम्रो भएको बताए । आफूहरुले प्रयास गरेअनुसार नै खेल भएको बताए । आजको खेलमा प्लेइङ ११ मा नयाँ खेलाडीलाई मौका दिएको र यसले आउनेखेलका लागि राम्रो हुने बताए । उनले पावर प्लेमा राम्रो बलिङ हुन नसकेको बताए । आफूहरु दबाबमा नरहेको तर विराटनगर किंग्सले पावर प्लेमा राम्रो ब्याटिङ गरेको बताए ।

नेपाली खेलाडी र नागरिकको लागि विश्वकै चर्चित खेलाडीहरु आएर खेल्नु राम्रो भएको र आफूहरुले पनि सिकिरहेको बताए । आफूहरु विदेशी खेलाडीमामात्रै निर्भर नरहेको र नेपाली खेलाडीहरुले राम्रो खेलिरहेको बताए ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?