Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

योजनाअनुसार खेलमा सफल भयौँः सन्दीप


काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरु प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताएका छन् ।

उनले फिल्डिङ रोजेसँगै जितसुकै ठूलो लक्ष्य दिएपनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताए । बलिङमा बीचमा केही ठाउँमा चुकेको भएपनि राम्रो खेलेको बताए । ओपनिङ पार्टनरसिप नै आफूहरुका लागि महत्वपूर्ण भएको बताए ।

विराटनगर किंग्सका खेलाडी फाप डु प्लेसिसले पावर प्लेमा स्पिनर बलिङ र दायाँ र बायाँ हाते ब्याट्सम्यान भएकाले पनि रन बढी बटुल्न सकेको बताए । विश्व क्रिकेटमै सन्दीप स्पेशल बलर रहेको बताउँदै टिमले उनीबाट धेरै अपेक्षा गर्ने बताए । उनले नेपालमा क्रिकेटको विशेष रहेको र आफू त्यसबाट प्रभावित भएको पनि बताए ।

सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफ शेखले समग्रमा आजको खेल राम्रो भएको बताए । आफूहरुले प्रयास गरेअनुसार नै खेल भएको बताए । आजको खेलमा प्लेइङ ११ मा नयाँ खेलाडीलाई मौका दिएको र यसले आउनेखेलका लागि राम्रो हुने बताए । उनले पावर प्लेमा राम्रो बलिङ हुन नसकेको बताए । आफूहरु दबाबमा नरहेको तर विराटनगर किंग्सले पावर प्लेमा राम्रो ब्याटिङ गरेको बताए ।

नेपाली खेलाडी र नागरिकको लागि विश्वकै चर्चित खेलाडीहरु आएर खेल्नु राम्रो भएको र आफूहरुले पनि सिकिरहेको बताए । आफूहरु विदेशी खेलाडीमामात्रै निर्भर नरहेको र नेपाली खेलाडीहरुले राम्रो खेलिरहेको बताए ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?