Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

प्लेअफमा पुग्ने लुम्बिनी चौथो टोली


काठमाडौँ। जित्नैपर्ने खेलमा सफलता निकाल्दै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफ पुग्ने चौथो टोली भएको छ ।

कीर्तिपुरमा भएको लिगको सातौं खेलमा लुम्बिनीले शुक्रबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि चार विकेटले जित निकाल्दै पहिलोपल्ट प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे । प्लेअफमा पुग्न लुम्बिनीसामू जितको विकल्प थिएन । लुम्बिनीको हारले भने अंकतालिकामा चौथोदेखि आठौं स्थानका टोली (कर्णाली याक्सबाहेक) को प्लेअफ सम्भावना जीवन्त रहन्थ्यो । जनकपुर पनि त्यो दौडमा रहन्थ्यो । यद्यपि, लुम्बिनीको जितसँगै दोस्रो सिजनमा प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लाग्यो । बिहीबार नै सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा रहँदै एक खेलअगावै पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ ।

सोही दिन काठमान्डु गोर्खाज र विराटनगर किङ्सले पनि प्लेअफ खेल्ने टुङ्गो लागेको थियो । विराटनगर र सुदूरपश्चिम लिगको अन्तिम खेलमा शनिबार प्रतिस्पर्धा गर्दैछन् । यही खेलले नै पहिलो क्वालिफायर खेल्ने दोस्रो टोलीको टुङ्गो लाग्न सक्छ । विराटनगरको हारमा भने काठमान्डु पहिलो क्वालिफायरमा पुग्नेछ । विराटनगरले भने पहिलो क्वालिफायरमा स्थान बनाउन सुदूरपश्चिमले फराकिलो अन्तरले हराउँदै नेट रनरेटमा पनि सुधार गर्नुपर्नेछ । शुक्रबार लुम्बिनीले जित निकाल्दा लिगचरणका तीन खेलअगावै प्लेअफ समीकरण पूरा भएको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले एक सय ३३ रनको सामान्य लक्ष्य दियो । तर, त्यो लक्ष्य लुम्बिनीले १९.१ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा ग¥यो ।

कप्तान रोहितले ३४ रन बनाए । यो नै सर्वाधिक ठूलो योगफल रह्यो । ओपनर डार्सी सर्टले ३० रन जोडे । इनिङको पहिलो बलमै ओपनर सुमित महर्जन आउट हुँदा लुम्बिनीलाई ठूलो लाग्यो । तर, दोस्रो विकेटका लागि रोहित र ओपनर डार्सीबीच ६० रनको महत्वपूर्ण साझेदारी बन्यो । आठौं ओभरमा संगित कुरेले डार्सीलाई एलबिडब्लु शिकार गर्दै साझेदारी तोडे । तर, रोहितले तेस्रो विकेटका लागि निरोशान डिकवेलाबीच २३ रनको साझेदारी बन्यो । १२औं ओभरमा रोहितसँगै लगत्तै सन्दीप जोरा आउट भएपछि लुम्बिनी दबाबमा प¥यो । मायन यादवले एलबिडब्लु शिकार बनाएका हुन् ।

१८औं ओभरमा जेजे स्मित पनि २१ रनमा पभेलियन फर्किए । यो विकेटसँगै लुम्बिनी १७.५ ओभरमा १२१÷६ को अवस्थामा पुग्यो । तर, सामान्य लक्ष्य पाएको लुम्बिनी जितनजिक पुगिसकेको थियो । जनकपुरको बलिङमा संगिथले तीन तथा मायनले दुई र सञ्जय कृष्णमुर्थिले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने जनकपुरको निर्णय सही भएन । पूरै ओभरमा ६ विकेट गुमाउँदै जनकपुरले एक सय ३२ रनको योगफल बनाएको थियो । जनकपुरको सुरुआत खराब रह्यो । तर, संगिथ कुरेले ४५ रनमा नटआउट रहे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो ।

उनले सातौं विकेटका लागि मायन यादवसँग ४९ रनको अविजित साझेदारी गर्दै इनिङ उकासे । मायन २७ रनमा नटआउट रहे । संगिथले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । २३ बल खेलेका मायनले समान एक चौका र छक्का हिर्काए । पावरप्लेमा ३६ रन मात्र जोड्दा जनकपुरले तीन विकेट नै गुमायो । पहिलो ओभरमै ओपनर माज सदाकत ६ रनमा आउट भए । त्यसपछि कप्तान अनिल साह पनि ७ रनमै पभेलियन फर्किए । पाँचौं ओभरमा अर्का ओपनर आसिफ शेख १७ बलमा २० रन जोडेर आउट भए । उनको इनिङमा दुई चौका र एक छक्का रह्यो । शीर्ष क्रममा राम्रो साझेदारी बन्न नसक्दा जनकपुर दबाबमा प¥यो । संगितबाहेक मध्य क्रमका ब्याटरले पनि राम्रो गर्न सकेनन् ।

शुभ कंसाकार ११ र सञ्जय कृष्णमुर्थि १४ रनमा आउट भए । अनुभवी ब्याटर तथा कप्तान निकोल लफ्टी इटन खाता नै खोल्न सकेनन् । लुम्बिनीका कप्तान रोहितले १४औं ओभरमा सञ्जय र लफ्टीलाई आउट गर्दै जनकपुरमाथि दबाब बनाए । १३.३ ओभरमा जनकपुर ८३÷६ को कमजोर अवस्थामा पुग्यो । तर, सातौं विकेटका लागि संगिथ र मायनबीच महŒवपूर्ण साझेदारी बन्यो । यो जोडीले पइनिङ समाले पनि सुस्त ब्याटिङ गरे र जनकपुर सामान्य योगफलमा नै रोकियो । लुम्बिनीको बलिङमा कप्तान रोहित र शेर मल्ले समान दुई तथा स्मित र रुबेन ट्रम्पलमेनले समान एक विकेट लिए । लुम्बिनीले ६ बलर प्रयोग ग¥यो । शेर र तिलक भण्डारीले किफायती बलिङ गरे । समान चार ओभरमा शेरले २० रन र तिलकले १८ रन मात्र दिए ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?