Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य


अपराजित एपिएफ इस्ट बंगाललाई हराउँदै साफ महिला क्लव च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लव शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको फुटबल विकास गर्ने उद्देश्यअनुरूप क्लव च्याम्पियनसिपको अवधारणा शुरु गरेको हो । जहाँ एपिएफ र इस्ट बंगाल दुवै अपराजित रहँदै उपाधि भिडन्त तय गरेका हुन् । तुलनात्मक रूपमा एपिएफभन्दा इस्ट बंगाल बलियो देखिन्छ । यद्यपि, लिगको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरीको नजितामा चित्त बुझाएका थिए । यस च्याम्पियनसिपमा पाँच क्लव सहभागी थिए । इस्ट बंगालले नेपाली टोली एपिएफसँग प्रतिष्पर्धा गर्नुअघि तीन टोलीमाथि गोलवर्षा नै गरेको थियो । तर एपिएफसँग इस्ट बंगालको आक्रामक अग्रपंक्तिले रक्षापंक्ति पार गर्न सकेन । इस्ट बंगालकी स्टार स्ट्राइकर फजिला इक्वापुटलाई राष्ट्रिय टोलीकी सदस्य रहेको एपिएफको रक्षापंक्तिले रोक्यो । गोलस्कोरिङमा समस्या देखिएको एपिएफ र आक्रामक अगं्रपक्ती बीच हुने फाइनलमा रोमाञ्चक हुने अनुमान गरिएको छ । विपक्षीलाई सहग हुन नदिन इस्ट बंगालले लिगको अन्तिम खेलमा आफ्नो बलियो पक्ष देखाउन नचाहएको पनि हुनसक्छ । घरेलु दर्शकको राम्रो साथ पाए पनि एपिएफका लागि उपाधि जित्ने लक्ष्य कठिन बन्न सक्नेछ । एपिएफका प्रशिक्षक जीवेश पाण्डेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा आफ्नो टोली तयार रहेको र उत्कृष्ट दिने बताएका छन् । उनले पछिल्लो खेलमा अंक बाँडे पनि यसपल्ट राम्रो खेल्ने उल्लेख गरेका छन् । गोल स्कोरिङमा एपिएफ चुकिरहेको थियो । प्रशिक्षक पाण्डेले पछिल्लो दुई दिनमा त्यसमा नै काम गरेको र फाइनलमा सुधार हुने अपेक्षा गरेका छन् । प्रशिक्षक पाण्डेले इस्ट बंगाल पनि रहेको टोली रहेको उल्लेख गरेका छन् । तर आफ्नो टोली उनीहरूभन्दा बलियो बन्ने उनको विश्वास छ । दर्शकको राम्रो साथ हुनुले आफ्नो टोलीका लागि उत्प्रेरणा मिल्ने प्रशिक्षक पाण्डे बताउँछन् । लामो समयदेखि देशले नै महिला फुटबलको उपाधि जित्न नसकेकोले यसपल्ट यो अवसर रहेको उनी बताउँछन् । उनले रक्षापंक्ति र अट्याकिङमा राम्रो गर्ने बताए । विपक्षीको रणनीतिअनुरूप खेल्ने प्रशिक्षक पाण्डेले बताएका छन् । टोलीमा चोटको समस्या भए पनि राम्रो खेल्ने उनको विश्वास छ । राष्ट्रिय टोलीका नै अधिकांश खेलाडी रहेकाले राम्रो नतिजा आउने उनी बताउँछन् । स्टार खेलाडी साबित्रा भण्डारी, प्रीति राई र सबिता रानामगरबिना खेलेको एपिएफको अट्याकिङ कमजोर देखिएको छ । चारमध्ये एपिएफले भुटानको ट्रान्सपोर्ट र इस्ट बंगालविरुद्ध गोल गर्न नै सकेन । पाएका अवसर पनि चुकाउँदा एपिएफ लिगको दोस्रो स्थानमा सीमित भएको थियो । एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन् । महिला फुटबललाई पनि उपाधि दिने उनको आशा छ । उनले यो च्याम्पियनसिप नेपाली महिला खेलाडीका लागि राम्रो अवसर बनेको पनि बताइन् । एपिएफमा अधिकांश राष्ट्रिय टोलीका सदस्य छन् । तर पनि उनीहरूको प्रदर्शन त्यति सुखद बन्न सकेको छैन । महिला साफ च्याम्पियनसिपअगाडि नेपाली खेलाडीलाई चोटसँगै खराब प्रदर्शन पनि सताएको छ । इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले आफ्नो घरेलु समर्थकमाझ एपिएफले राम्रो खेल्न नसकेको बताएका छन् । यो टोलीले लगातार क्लब च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिप खेल्ने भए पनि उनीहरूको प्रदर्शन राम्रो नदेखिएको उनको भनाइ छ । तर फाइनलमा राम्रो खेल्ने र आफूहरूले पनि सोहीअनुरूप चुनौती दिनेको उनको विश्वास छ । यहाँ आफूहरू उपाधि जित्न आएको र त्यसैअनुरूप प्रदर्शन पनि गर्ने उनी बताउँछन् । पछिल्लो खेलमा एपिएफले राम्रो डिफेन्स गरेको पनि उल्लेख गरे । युगान्डा, नाइजेरिया र घानाका खेलाडी समेट्दै नेपाल आएको इंस्ट बंगालको बलियो पक्ष अग्रपंक्ती हो । उसका स्ट्राइकर फाजिला इक्वापुट सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । उनले तीन खेलबाट नै ७ गोल गरिसकेकी छन् । भारतीय लिगमा पनि उनले २४ गोल गरेर आफ्नो आक्रामक शैली प्रमाणित गरेकी थिइन् । उनै फाजिला फाइनलमा एपिएफका लागि चुनौती बन्न सक्नेछिन् । इस्ट बंगालको कप्तानसमेत रहेकी फाजिलले फाइनलमा प्रतिस्पर्धात्मक खेल हुने र आफूहरूले पनि राम्रो खेल्न आशा व्यक्त गरेकी छन् । आफ्नो खेलाडी र टोलीमाथि आफू विश्वस्त रहेको उनी बताउँछिन् । एपिएफले लिगमा दुई जित र बराबरी गरेको थियो । इस्ट बंगालले भने तीन जित र एक मात्र बराबरीको नतिजा सामना ग¥यो । एपिएफसँगको खेलबाहेक इस्ट बंगालको आक्रमण उत्कृष्ट रहँदै आएको छ । फाइनलमा पनि सोहीअनुरूप प्रदर्शन गर्ने भारतीय टोलीको विश्वास छ । एपिएफ पनि घरेलु समर्थकका माझ उत्कृष्ट खेल्दै महिला फुटबलमा लामो समयदेखिएको उपाधि खडेरी तोड्न लक्ष्यमा हुनेछ ।

काठमाडौँ। अपराजित एपिएफ इस्ट बंगाललाई हराउँदै साफ महिला क्लव च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।

नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लव शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको फुटबल विकास गर्ने उद्देश्यअनुरूप क्लव च्याम्पियनसिपको अवधारणा शुरु गरेको हो । जहाँ एपिएफ र इस्ट बंगाल दुवै अपराजित रहँदै उपाधि भिडन्त तय गरेका हुन् । तुलनात्मक रूपमा एपिएफभन्दा इस्ट बंगाल बलियो देखिन्छ । यद्यपि, लिगको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरीको नजितामा चित्त बुझाएका थिए । यस च्याम्पियनसिपमा पाँच क्लव सहभागी थिए ।

इस्ट बंगालले नेपाली टोली एपिएफसँग प्रतिष्पर्धा गर्नुअघि तीन टोलीमाथि गोलवर्षा नै गरेको थियो । तर एपिएफसँग इस्ट बंगालको आक्रामक अग्रपंक्तिले रक्षापंक्ति पार गर्न सकेन । इस्ट बंगालकी स्टार स्ट्राइकर फजिला इक्वापुटलाई राष्ट्रिय टोलीकी सदस्य रहेको एपिएफको रक्षापंक्तिले रोक्यो । गोलस्कोरिङमा समस्या देखिएको एपिएफ र आक्रामक अगं्रपक्ती बीच हुने फाइनलमा रोमाञ्चक हुने अनुमान गरिएको छ । विपक्षीलाई सहग हुन नदिन इस्ट बंगालले लिगको अन्तिम खेलमा आफ्नो बलियो पक्ष देखाउन नचाहएको पनि हुनसक्छ । घरेलु दर्शकको राम्रो साथ पाए पनि एपिएफका लागि उपाधि जित्ने लक्ष्य कठिन बन्न सक्नेछ ।

एपिएफका प्रशिक्षक जीवेश पाण्डेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा आफ्नो टोली तयार रहेको र उत्कृष्ट दिने बताएका छन् । उनले पछिल्लो खेलमा अंक बाँडे पनि यसपल्ट राम्रो खेल्ने उल्लेख गरेका छन् । गोल स्कोरिङमा एपिएफ चुकिरहेको थियो । प्रशिक्षक पाण्डेले पछिल्लो दुई दिनमा त्यसमा नै काम गरेको र फाइनलमा सुधार हुने अपेक्षा गरेका छन् । प्रशिक्षक पाण्डेले इस्ट बंगाल पनि रहेको टोली रहेको उल्लेख गरेका छन् । तर आफ्नो टोली उनीहरूभन्दा बलियो बन्ने उनको विश्वास छ । दर्शकको राम्रो साथ हुनुले आफ्नो टोलीका लागि उत्प्रेरणा मिल्ने प्रशिक्षक पाण्डे बताउँछन् ।

लामो समयदेखि देशले नै महिला फुटबलको उपाधि जित्न नसकेकोले यसपल्ट यो अवसर रहेको उनी बताउँछन् । उनले रक्षापंक्ति र अट्याकिङमा राम्रो गर्ने बताए । विपक्षीको रणनीतिअनुरूप खेल्ने प्रशिक्षक पाण्डेले बताएका छन् । टोलीमा चोटको समस्या भए पनि राम्रो खेल्ने उनको विश्वास छ । राष्ट्रिय टोलीका नै अधिकांश खेलाडी रहेकाले राम्रो नतिजा आउने उनी बताउँछन् ।

स्टार खेलाडी साबित्रा भण्डारी, प्रीति राई र सबिता रानामगरबिना खेलेको एपिएफको अट्याकिङ कमजोर देखिएको छ । चारमध्ये एपिएफले भुटानको ट्रान्सपोर्ट र इस्ट बंगालविरुद्ध गोल गर्न नै सकेन । पाएका अवसर पनि चुकाउँदा एपिएफ लिगको दोस्रो स्थानमा सीमित भएको थियो । एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन् । महिला फुटबललाई पनि उपाधि दिने उनको आशा छ । उनले यो च्याम्पियनसिप नेपाली महिला खेलाडीका लागि राम्रो अवसर बनेको पनि बताइन् ।

एपिएफमा अधिकांश राष्ट्रिय टोलीका सदस्य छन् । तर पनि उनीहरूको प्रदर्शन त्यति सुखद बन्न सकेको छैन । महिला साफ च्याम्पियनसिपअगाडि नेपाली खेलाडीलाई चोटसँगै खराब प्रदर्शन पनि सताएको छ । इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले आफ्नो घरेलु समर्थकमाझ एपिएफले राम्रो खेल्न नसकेको बताएका छन् । यो टोलीले लगातार क्लब च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिप खेल्ने भए पनि उनीहरूको प्रदर्शन राम्रो नदेखिएको उनको भनाइ छ । तर फाइनलमा राम्रो खेल्ने र आफूहरूले पनि सोहीअनुरूप चुनौती दिनेको उनको विश्वास छ । यहाँ आफूहरू उपाधि जित्न आएको र त्यसैअनुरूप प्रदर्शन पनि गर्ने उनी बताउँछन् । पछिल्लो खेलमा एपिएफले राम्रो डिफेन्स गरेको पनि उल्लेख गरे ।

युगान्डा, नाइजेरिया र घानाका खेलाडी समेट्दै नेपाल आएको इंस्ट बंगालको बलियो पक्ष अग्रपंक्ती हो । उसका स्ट्राइकर फाजिला इक्वापुट सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । उनले तीन खेलबाट नै ७ गोल गरिसकेकी छन् । भारतीय लिगमा पनि उनले २४ गोल गरेर आफ्नो आक्रामक शैली प्रमाणित गरेकी थिइन् । उनै फाजिला फाइनलमा एपिएफका लागि चुनौती बन्न सक्नेछिन् । इस्ट बंगालको कप्तानसमेत रहेकी फाजिलले फाइनलमा प्रतिस्पर्धात्मक खेल हुने र आफूहरूले पनि राम्रो खेल्न आशा व्यक्त गरेकी छन् । आफ्नो खेलाडी र टोलीमाथि आफू विश्वस्त रहेको उनी बताउँछिन् ।

एपिएफले लिगमा दुई जित र बराबरी गरेको थियो । इस्ट बंगालले भने तीन जित र एक मात्र बराबरीको नतिजा सामना ग¥यो । एपिएफसँगको खेलबाहेक इस्ट बंगालको आक्रमण उत्कृष्ट रहँदै आएको छ । फाइनलमा पनि सोहीअनुरूप प्रदर्शन गर्ने भारतीय टोलीको विश्वास छ । एपिएफ पनि घरेलु समर्थकका माझ उत्कृष्ट खेल्दै महिला फुटबलमा लामो समयदेखिएको उपाधि खडेरी तोड्न लक्ष्यमा हुनेछ ।


प्रकाशित मिति: ४ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?