Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

खराब नतिजा आउँदा पनि टोलीमा विश्वास थियो : कप्तान रोहित


काठमाडौं। प्लेअफमा पुगेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास रहेको र आज महत्वपूर्ण क्षणमा सबैले राम्रो गर्दा सफलता पनि मिलेको बताएका छन् ।

जनकपुर बोल्ट्समाथि जितसँगै प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान रोहितले गत सिजन लिगको अन्तिम रहेकाले यसपल्ट आफूहरूलाई प्रमाणित गर्नुपर्ने भएकाले यो सफलता भावुक क्षण रहेको बताए । यस प्रतियोगिता अप एन्ड डाउन भइरहेको पनि उनले उल्लेख गरे । तर, खराब नतिजापछि पुनरागमन गर्नुले टोलीमा राम्रो आत्मविश्वास देखिएको उनको भनाइ छ । आजको खेलमा जेजे स्मित, डार्सी र डिकवेलले ब्याटिङमा र बलिङमा पनि राम्रो भएको कप्तान रोहित बताउँछन् । उनले यही आत्मविश्वास लिएर प्लेअफमा खेल्ने लक्ष्य व्यक्ति गरेका छन् । सहज रूपमा खेल जित्नुपर्ने भए पनि सन्दीप जोरा र आफ्नो विकेटपछि टोलीमा दबाब परेको उनको भनाइ छ । तर, स्मितको सटले खेलमा फर्किएको उनले उल्लेख गरे ।

फिल्डमा जनकपुर असहज हुँदा पनि आफूहरूलाई सहज भएको उनी बताउँछन् । क्षमता अनुरूप ब्याटिङमा गर्न सके प्लेअफ सुखद बन्ने उनको विश्वास छ । तर, बलिङमा पनि राम्रो भइरहेको र त्यही लय जारी रहँदा सहज हुने कप्तान रोहितको आशा छ । नकआउट खेलमा दुवै टोलीमा समान दबाब हुने र जसले त्यसलाई सहज रूपमा सामना गर्न सक्छ त्यसले नै जित्नको कप्तान रोहितको भनाइ छ । साथै उनले प्लेअफमा पुग्ने टोलीमध्ये लुम्बिनी नै सबैभन्दा बलियो रहेको दाबी गरेका छन् ।

नेपाली खेलाडीबाट अहिलेसम्म राम्रो प्रदर्शन हुन नसके पनि प्लेअफमा राम्रो संकेत देखिने उनको विश्वास छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?