Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

खराब नतिजा आउँदा पनि टोलीमा विश्वास थियो : कप्तान रोहित


काठमाडौं। प्लेअफमा पुगेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास रहेको र आज महत्वपूर्ण क्षणमा सबैले राम्रो गर्दा सफलता पनि मिलेको बताएका छन् ।

जनकपुर बोल्ट्समाथि जितसँगै प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान रोहितले गत सिजन लिगको अन्तिम रहेकाले यसपल्ट आफूहरूलाई प्रमाणित गर्नुपर्ने भएकाले यो सफलता भावुक क्षण रहेको बताए । यस प्रतियोगिता अप एन्ड डाउन भइरहेको पनि उनले उल्लेख गरे । तर, खराब नतिजापछि पुनरागमन गर्नुले टोलीमा राम्रो आत्मविश्वास देखिएको उनको भनाइ छ । आजको खेलमा जेजे स्मित, डार्सी र डिकवेलले ब्याटिङमा र बलिङमा पनि राम्रो भएको कप्तान रोहित बताउँछन् । उनले यही आत्मविश्वास लिएर प्लेअफमा खेल्ने लक्ष्य व्यक्ति गरेका छन् । सहज रूपमा खेल जित्नुपर्ने भए पनि सन्दीप जोरा र आफ्नो विकेटपछि टोलीमा दबाब परेको उनको भनाइ छ । तर, स्मितको सटले खेलमा फर्किएको उनले उल्लेख गरे ।

फिल्डमा जनकपुर असहज हुँदा पनि आफूहरूलाई सहज भएको उनी बताउँछन् । क्षमता अनुरूप ब्याटिङमा गर्न सके प्लेअफ सुखद बन्ने उनको विश्वास छ । तर, बलिङमा पनि राम्रो भइरहेको र त्यही लय जारी रहँदा सहज हुने कप्तान रोहितको आशा छ । नकआउट खेलमा दुवै टोलीमा समान दबाब हुने र जसले त्यसलाई सहज रूपमा सामना गर्न सक्छ त्यसले नै जित्नको कप्तान रोहितको भनाइ छ । साथै उनले प्लेअफमा पुग्ने टोलीमध्ये लुम्बिनी नै सबैभन्दा बलियो रहेको दाबी गरेका छन् ।

नेपाली खेलाडीबाट अहिलेसम्म राम्रो प्रदर्शन हुन नसके पनि प्लेअफमा राम्रो संकेत देखिने उनको विश्वास छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?