Trending
>>   विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना >>   नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण >>   जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य >>   टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो >>   टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु >>   अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध >>   मंगोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो >>   मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु >>   सिरियाको सत्तारुढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैनः इरान >>   इजिप्ट र जोर्डनद्वारा सिरियाको सार्वभौमसत्ता, एकतालाई समर्थन
Logo
१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

खेलकुद


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

५ चैत्र, चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ। भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताइन्। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका

ऐरी र सार्कीलाई सम्मान गरिने

५ चैत्र, कञ्चनपुर । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् । हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम

तिलोत्तमा गोल्डकपः उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

४ चैत्र ,लुम्बिनी । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम

मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह

४ चैत्र ,काठमाडौँ । सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकि छन्‌ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौँ निर्वाचन क्षेत्र

ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशले दुई लाख पुरस्कार दिने

४ चैत्र, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न

न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा फिफा निर्णयको स्वागत

३ चैत्र, एजेन्सी। यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् । प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन्

राष्ट्रपति पाैडेलले नेपाली क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने

३ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलले नेपाली क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयले दिएको जानकारी अनुसार दिउँसो २ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसअघि शुक्रबार बिहान  प्रधानमन्त्री प्रचण्डले क्रिकेट टिमका खेलाडीहरूसँग भेट गरि जनही तीन लाख पुरस्कार दिने घोषणा गरेका थिए।

नेपाली क्रिकेट खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने सरकारको घोषणा

३ चैत्र, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख पुरस्कार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टोलीका  सदस्यलाई बालुवाटारमा बोलाएर भेटघाट गरेपछि उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन्, 'विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली

अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

३ चैत्र ,ताप्लेजुङ। सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो । पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले

झा र शेखलाई मधेस प्रदेशद्वारा दुई लाख पुरस्कार

३ चैत्र ,धनुषा । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्वपूर्ण

सम्वन्धित समाचारहरु