Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

यू-२० महिला फुटबल टोलीको बिदाइ


२१ जेठ, काठमाडाैँ । म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार टोलीको बिदाइ गरेको हो । नेपाल छनोट खेलको समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपालसहित चीन, म्यानमार र चाइनिज ताइपेइ छ । समूह ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नपाले समूहको दोस्रो खेल जुन ८ मा चीन तथा अन्तिम खेल जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

दोस्रो चरणको छनोट खेलको उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्न पाउनेछ । सन् २०२४ को मार्च ३ देखि १६ सम्म सञ्चालन हुने यू-२० महिला एसियन कपमा १६ टोलीको सहभागिता रहनेछ ।

नेपाली टोली

गोलरक्षक : कविता विक, लीला जोशी र सावित्री किसान

रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी र सारा बज्राचार्य

स्ट्राइकर : अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?