Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

यू-२० महिला फुटबल टोलीको बिदाइ


२१ जेठ, काठमाडाैँ । म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार टोलीको बिदाइ गरेको हो । नेपाल छनोट खेलको समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपालसहित चीन, म्यानमार र चाइनिज ताइपेइ छ । समूह ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नपाले समूहको दोस्रो खेल जुन ८ मा चीन तथा अन्तिम खेल जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

दोस्रो चरणको छनोट खेलको उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्न पाउनेछ । सन् २०२४ को मार्च ३ देखि १६ सम्म सञ्चालन हुने यू-२० महिला एसियन कपमा १६ टोलीको सहभागिता रहनेछ ।

नेपाली टोली

गोलरक्षक : कविता विक, लीला जोशी र सावित्री किसान

रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी र सारा बज्राचार्य

स्ट्राइकर : अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?