Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मेस्सीले पिएसजी छोड्ने पक्का, कता जालान् अब मेस्सी ?


२० जेठ, एजेन्सी । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन(पीएसजी) का सुपर स्टार लियोनल मेस्सीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टिएरले मेस्सीले क्लब छाड्न लागेको बताएका छन् ।

फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले लिगको अन्तिम खेल शनिबार क्लेर्मन्टसँग खेल्नेछ । उक्त खेल मेस्सीका लागि पीएसजीमा अन्तिम खेल हुनेछ । प्रशिक्षक गाल्टिएरले फुटबलको इतिहासमा आफुले उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने मौका पाएको समेत बताएका छन् ।

३५ बर्षीय मेस्सीको पीएसजीसँगको सम्झौता यसै सिजनसम्म मात्रै छ । मेस्सी सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रिट्रान्सफरमा पीएसजी पुगेका थिए । त्यसअघि उनले बार्सिलोनामा २१ वर्ष बिताएका थिए।

मेस्सी पीएसजीबाट दुई सिजन लिग च्याम्पियन बनेका छन् । पीएसजीमा मेस्सीले सबै खाले प्रतियोगितामा ७४ खेल खेल्दै ३२ गोल गरेका छन् । मेस्सी पीएसजीबाट साउदी अरब जाने चर्चा चलेको छ ।

मेस्सीलाई बार्सिलोनाले पुन: फर्काउन लागेको चर्चा पनि सुरु भएको छ। खेलाडी जीवनमा सबै खाले उपलब्धि हात पारेका मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि जिताएपछि उनको चर्चा थप चुलिएको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?