Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने


२० जेठ, भक्तपुर । भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यहअी जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।

सूर्यविनायक नगरपालिका–४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकास समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी, दोस्रो हुने टोलीलाई रु २५ हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरका २० टोली सहभागी हुने बताइएको छ ।

समाजका अध्यक्ष अर्जुन केसीले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनका लागि सहयोग पुग्ने अपेक्षाका साथ भलिबल प्रतियोगिता गर्न लागिएको बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?