Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा


१९ जेष्ठ ,काठमाडौँ । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।

मन्त्री लिम्बूले सचिवालय स्थापनापछि तयारीले थप तीव्रता पाउने बताउँदै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धिमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

त्यस्तै राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद् पक्ष भएको बताए । सदस्य–सचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औँ एसियाली खेलकुद सचिवालय गठन भएको छ ।

राखेपका दुई सदस्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव एक, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य हुन् ।तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?