Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने


एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ ।

केन्द्रिय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो । अब दशैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेससम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ ।

यसअघि एक दिनमा प्राकृतिक व्यक्तिको वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो । राष्ट्र बैंकले चाडपर्वका बेला नगद कारोबारभन्दा पनि डिजिटल कारोबारलाई जोड दिएको छ । दशैँ, तिहार र छठका बेला दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग पनि हालै राष्ट्र बैंकले आग्रह गरेको थियो । वालेटमा रकम जम्मा गर्ने सीमा बढेसँगै राष्ट्र बैंकको कारोबारमा डिजिटल माध्यमको प्रयोग बढाउने नीति प्रभावकारी हुने देखिएको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?