Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल


जापानमा जारी एशियन गेम अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ ।

काठमाडौं । जापानमा जारी एशियन गेम अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ ।

श्रीलङ्कालाई ९ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेसँगै नेपाली टोलीले पदकको खडेरी तोडेको हो । टोलीले यसअघिको अन्तर्राष्ट्रिय प्रदर्शनलाई कायम राख्दै आफ्नो पदक यात्रालाई सुरक्षित गरेको छ । श्रीलङ्काविरुद्धको खेल नेपाली खेलाडीका लागि चुनौतीपूर्ण थियो । दुई महिनाअघि बीच गेममा व्यहोरेको पराजयका कारण टोली केही दबाबमा देखिए पनि कप्तान मानमती बिष्टको नेतृत्वमा रहेको टोलीले उत्कृष्ट डिफेन्स र रेडिङमार्फत जित सम्भव बनाएको हो । टोलीका लागि यो विजय विगतमा भारतमा गरिएको विशेष प्रशिक्षण र निरन्तरको अन्तर्राष्ट्रिय सहभागिताको परिणाम भएको कप्तान बिष्टले बताएकी छिन् ।

‘हामीले पदक गुमाउनुहुँदैन भन्ने ठुलो चुनौती महसुस गरेका थियौँ । शुरुमा केही नर्भस देखिए पनि खेल अवधिभर टोलीको समन्वय र साहसले नतिजा नेपालको पक्षमा ल्याउन सक्यौँ ।’ कप्तान बिष्टले भनिन् ।

विगतका खेलहरूमा १३ अङ्कले पछि परेको अवस्थालाई उल्टाउँदै विजय प्राप्त गरेको अनुभवले खेलाडीको मनोबल उच्च बनाएको छ । नेपाली टोलीले अब आफ्नो ध्यान आगामी खेलहरूमा केन्द्रित गरेको छ । स्वर्ण वा रजत पदकको लक्ष्यसहित अघि बढेको नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कप्तान बिष्टले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र कबड्डी सङ्घको सहयोगले नै आफूहरूलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा खरो उत्रिन मद्दत पुगेको बताइन् । उनले अन्य विधाका नेपाली खेलाडीहरूलाई पनि अन्तिम समयसम्म नहारिकन प्रतिष्पर्धा गर्न हौसला दीइरहेकी छिन् ।


प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?