Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न


काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न

काठमाडौँ। नेपालीहरूको महान चाड बडादशैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायः सुनसान बनेको छ ।

सधैँजसो तिब्र सवारी चाप र पैदलयात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् । विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोवास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ–आफ्नो जन्मथलो फर्किएका हुन् । दशैँको घटस्थापनादेखि नै उपत्यकाका मुख्य नाकाहरू थानकोट, जगाती, दक्षिणकाली र टोखा हुँदै लामो तथा छोटो दूरीका सवारीसाधनमार्फत यात्रुहरू बाहिरिने क्रम तिब्र बनेको थियो । सधैँ ट्राफिक जामको सास्ती खेप्नुपर्ने नयाँ बानेश्वर, कोटेश्वर, माईतीघर, चाबहिल, रत्नपार्क तथा कलंकीलगायतका व्यस्त चोकहरूमा सवारी आवागमन नगण्य बनेको छ ।

सडकमा फाट्टफुट्ट निजी तथा सार्वजनिक यातायातका साधन मात्रै गुडिरहेका छन् भने दैनिक खुल्ने अधिकांश पसल, व्यवसाय र सरकारी तथा गैरसरकारी कार्यालयहरू सार्वजनिक बिदाका कारण बन्द छन् । सडकमा सवारी चाप उल्लेख्य रूपमा घटेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज देखिएको छ । यद्यपि सर्वसाधारण गाउँ गएपछि रित्ता बनेका घर तथा बस्तीहरूमा हुनसक्ने चोरी, लुटपाट र आपराधिक घटना नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ । उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र तथा आवासीय बस्तीहरूमा चौबीसै घण्टा सुरक्षा गस्ती र निगरानी बढाइएको छ ।

दशैँको मुख्य दिन टीका तथा त्यसपछिका केही दिनसम्म उपत्यकाको चहलपहल न्युन नै रहने र कोजाग्रत पूर्णिमापछि मात्रै सर्वसाधारण पुनः राजधानी फर्किन थाल्ने भएकाले आगामी केही दिनसम्म उपत्यकाको वातावरण यस्तै शान्त रहने अनुमान गरिएको छ


प्रकाशित मिति: ३ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?