Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प


काठमाडौँ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताएका छन् । शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै उनले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताएका छन् । आईजीपी कार्कीले पछिल्लो समय प्रहरीले सूचना प्रविधिको उच्च प्रयोगमार्फत अपराध अनुसन्धानमा फड्को मारेको बताएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटी (ड्रोन एण्ड एन्टि–ड्रोन युनिट), र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचनाहरूले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे । आईजीपी कार्कीले प्रहरी संगठनको आधारस्तम्भ मानिएको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप शतर्कता आवश्यक रहेको बताएका छन् । उनले संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वयको अपेक्षा गर्दै अमर प्रहरीहरूको बलिदानलाई स्मरण गरेका छन् । उनले भने, ‘प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य पनि अघि बढाइएको छ । यसबाट प्रहरी कर्मचारी, परिवार र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ । सङ्गठनको प्रभावकारिताका लागि अनुशासन, आदेश श्रृङ्खला, जवाफदेहिता र आपसी समन्वय कायम राख्न आवश्यक छ । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, पूर्वप्रहरी, विद्यार्थी तथा सहयोगी संस्थालाई हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु । नेपाल प्रहरीको सुधारमा योगदान पुर्याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय र सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु । अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माण गर्ने प्रतिवद्धता दोहोर्याउँछु ।’ समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताएका छन् ।

शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै उनले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताएका छन् । आईजीपी कार्कीले पछिल्लो समय प्रहरीले सूचना प्रविधिको उच्च प्रयोगमार्फत अपराध अनुसन्धानमा फड्को मारेको बताएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटी (ड्रोन एण्ड एन्टि–ड्रोन युनिट), र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचनाहरूले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे । आईजीपी कार्कीले प्रहरी संगठनको आधारस्तम्भ मानिएको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप शतर्कता आवश्यक रहेको बताएका छन् । उनले संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वयको अपेक्षा गर्दै अमर प्रहरीहरूको बलिदानलाई स्मरण गरेका छन् ।

उनले भने, ‘प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य पनि अघि बढाइएको छ । यसबाट प्रहरी कर्मचारी, परिवार र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ । सङ्गठनको प्रभावकारिताका लागि अनुशासन, आदेश श्रृङ्खला, जवाफदेहिता र आपसी समन्वय कायम राख्न आवश्यक छ । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, पूर्वप्रहरी, विद्यार्थी तथा सहयोगी संस्थालाई हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु । नेपाल प्रहरीको सुधारमा योगदान पुर्याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय र सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु । अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माण गर्ने प्रतिवद्धता दोहोर्याउँछु ।’

समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।


प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?