Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’


काठमाडौँ।२० औं एशियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोलीले सन्तोषजनक सुधारका बाबजुद पदकविहीन हुँदै आफ्नो चुनौती समाप्त गरेको छ । टोलीका प्रशिक्षक र खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिष्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन् र नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेमप्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्वस्तरको तिब्र प्रतिष्पर्धासँग जुध्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । उनले भने, ‘हामीले ओलम्पिक वाइल्ड कार्डका लागि आवश्यक स्कोर प्राप्त गरेका छौँ, यो सकारात्मक पक्ष हो । तर, अन्य राष्ट्रका खेलाडीहरू युवा पुस्ता र आधुनिक प्रविधिसँगै धेरै माथि उक्लिसकेका छन् । हामीले आफ्नो स्तर त सुधारेका छौँ, तर विश्वस्तरसँगको खाडल अझै फराकिलो छ ।’ खेलाडी तिलक पुन मगरले व्यक्तिगत स्पर्धामा आफ्नो प्रदर्शनमा सुधार आएपनि अन्तिम नतिजा सोचेजस्तो नभएको बताएका छन् । उनले भने,‘मेरो लक्ष्य ओलम्पिक क्वालिफाइङ स्कोर पुर्याउनु थियो, जुन पूरा भयो । तर अन्य प्रतिष्पर्धीहरूको स्तर यति धेरै माथि पुग्ला भन्ने सोचेको थिइनँ । विगतमा यही स्कोरले टप ३० मा स्थान बनाउँथ्यो, तर अहिले स्तर यति बढेको छ कि ¥याङ्किङ खस्कियो ।कक कतारका खेलाडीसँगको हारले निकै दुःखी तुल्याएको छ ।’ अर्का खेलाडी ज्ञानु अवालेकाअनुसार प्रतिकूल मौसम र अनुभवको कमी नै टोलीको मुख्य कमजोरी रह्यो । उनले भनिन्, ‘नेपालमा पानी पर्दा खेल्ने हाम्रो अभ्यास नै थिएन, जबकि यहाँ शुरुदेखि नै वर्षा भइरह्यो । पानीमा कसरी खेल्ने भन्ने अनुभव नहुँदा स्कोरिङमा समस्या भयो ।’ अवालेकाअनुसार अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्पर्धा गर्न खेलाडीहरूलाई नियमित विदेशी एक्सपोजर र विशेष तालिमको तत्काल खाँचो छ ।

काठमाडौँ।२० औं एशियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोलीले सन्तोषजनक सुधारका बाबजुद पदकविहीन हुँदै आफ्नो चुनौती समाप्त गरेको छ ।

टोलीका प्रशिक्षक र खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिष्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन् र नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेमप्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्वस्तरको तिब्र प्रतिष्पर्धासँग जुध्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

उनले भने, ‘हामीले ओलम्पिक वाइल्ड कार्डका लागि आवश्यक स्कोर प्राप्त गरेका छौँ, यो सकारात्मक पक्ष हो । तर, अन्य राष्ट्रका खेलाडीहरू युवा पुस्ता र आधुनिक प्रविधिसँगै धेरै माथि उक्लिसकेका छन् । हामीले आफ्नो स्तर त सुधारेका छौँ, तर विश्वस्तरसँगको खाडल अझै फराकिलो छ ।’

खेलाडी तिलक पुन मगरले व्यक्तिगत स्पर्धामा आफ्नो प्रदर्शनमा सुधार आएपनि अन्तिम नतिजा सोचेजस्तो नभएको बताएका छन् ।

उनले भने,‘मेरो लक्ष्य ओलम्पिक क्वालिफाइङ स्कोर पुर्याउनु थियो, जुन पूरा भयो । तर अन्य प्रतिष्पर्धीहरूको स्तर यति धेरै माथि पुग्ला भन्ने सोचेको थिइनँ । विगतमा यही स्कोरले टप ३० मा स्थान बनाउँथ्यो, तर अहिले स्तर यति बढेको छ कि ¥याङ्किङ खस्कियो ।कक कतारका खेलाडीसँगको हारले निकै दुःखी तुल्याएको छ ।’

अर्का खेलाडी ज्ञानु अवालेकाअनुसार प्रतिकूल मौसम र अनुभवको कमी नै टोलीको मुख्य कमजोरी रह्यो ।

उनले भनिन्, ‘नेपालमा पानी पर्दा खेल्ने हाम्रो अभ्यास नै थिएन, जबकि यहाँ शुरुदेखि नै वर्षा भइरह्यो । पानीमा कसरी खेल्ने भन्ने अनुभव नहुँदा स्कोरिङमा समस्या भयो ।’

अवालेकाअनुसार अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्पर्धा गर्न खेलाडीहरूलाई नियमित विदेशी एक्सपोजर र विशेष तालिमको तत्काल खाँचो छ ।


प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?