Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा


पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीपी कोईराला र गणेशमान सिंहको पालाका मुद्दाले आजको समाजको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अबको काँग्रेस समसामयिक प्रश्नहरूको हल खोज्न तल्लीन हुनुपर्ने बताएका छन् । थापाले आजको नेपाली समाजका चुनौतीहरूलाई सम्बोधन गर्न ‘समुन्नति’ को अवधारणा अघि सारेका छन् । रिल्सको पछि मात्र कुदेर नहुने भन्दै उनले बन्द कोठामा छलफल र चिन्तन आवश्यक रहेको बताएका छन् । पर्यावरण, आर्थिक विकास, सुशासन र प्रजातान्त्रिक अधिकारलाई सँगसँगै लैजान समुन्नतिको ध्येय राख्नुपर्ने बताए । उनले नागरिकका आकांक्षा पूरा गर्नसक्ने पार्टीका रूपमा काँग्रेसलाई स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।

आफूलाई पार्टीका नियमित कामहरूबाट अलग राखेर वरिष्ठ उपसभापति र महामन्त्रीहरूले पार्टीको दैनिकी हेर्ने व्यवस्था गर्ने योजना रहेको बताएका छन् । आफू देशभर घुम्ने र नागरिकका कुरा सुन्न हिँड्ने उनको भनाइ छ । उनले कुनैपनि नेता वा कार्यकर्ताको निजी जीवनका गतिविधि र आचरणका लागि पार्टीलाई जिम्मेवार बनाउन नहुने जिकिर गरेका छन् ।

उनले भने, ‘ नेपाली काँग्रेसले आजको समाजका आवश्यकता, जनताका प्रश्न र समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ। सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्छ । विगतका नेताहरूको योगदानबाट प्रेरणा लिँदै वर्तमान पुस्ताका चुनौतीको उत्तर आफैँले खोज्न आवश्यक छ । आज नेपाली समाजमा रोजगारी, वैदेशिक पलायन, सुशासन, आर्थिक विकास, सामाजिक विभेद र वातावरण संरक्षणजस्ता चुनौती छन् । लोकतन्त्र र नागरिक अधिकारको रक्षा गर्दै विकास, समृद्धि र सुशासन हासिल गर्ने लक्ष्य नै ‘समुन्नति’ हो। कांग्रेसले यी आकाङ्क्षालाई सम्बोधन गर्ने विश्वास जनतामा जगाउनुपर्छ । यसका लागि मलाई पार्टीका नियमित कामभन्दा बाहिर रहेर देशभरिका नेता, कार्यकर्ता र नागरिकसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याको समाधान खोज्ने अवसर दिनुपर्छ । हामीले सङ्गठन सञ्चालन, काम गर्ने शैली र सोच्ने तरिका परिवर्तन गर्न आवश्यक छ । नेपाली काँग्रेस कुनै व्यक्ति विशेषको निजी सम्पती होइन, यो लाखौँ नागरिकको साझा संस्था हो । पार्टीका सबै सदस्यको व्यक्तिगत आचरण र आर्थिक पारदर्शिताको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्छ । कसैको व्यक्तिगत कमजोरीको दोष पार्टीले बोक्नु हुँदैन, न त त्यस्ता कार्यको बचाउ नै गर्नुपर्छ । पार्टी नेतृत्वको समर्थन भनेको व्यक्तिका गलत कार्यको बचाउ गर्नु होइन, उसले पार्टी र जनताका लागि गर्ने सही कामलाई बलियो बनाउनु हो । यही मान्यताका आधारमा पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै विकृति हटाउनुपर्छ र नेपाली कांग्रेसलाई अझ स्वच्छ, जिम्मेवार तथा जनउत्तरदायी पार्टीका रूपमा विकास गर्नुपर्छ ।’

सभापति थापाले सञ्चारमाध्यमहरूलाई पनि आग्रह गर्दै कुनै व्यक्तिको व्यक्तिगत कमजोरी जोडेर सिंगो पार्टीलाई नै दोषी नठहराउन अनुरोध गरेका छन् । थापाले पार्टीलाई थप सुदृढ र सफा बनाउन सानो स्तरबाटै सुधारको प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?