Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

महिला कबड्डीमा नेपाल काँस्यमै सिमित


काठमाडौं । काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औं एशियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ । टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी प्रतिद्वन्द्वी भारतसँग ४८–२४ को फराकिलो अन्तरले पराजित भएको हो । यससँगै नेपाली टोलीले पहिलोपल्ट एसियाली खेलकुदको फाइनलमा पुग्ने अवसर गुमायो । गत १९औं संस्करणको एसियाली खेलकुदमा पनि नेपाली टोली सेमिफाइनलमा रोकिएको थियो । यसपल्ट लामो तयारी रहेकाले नेपाल फाइनलमा पुग्ने आशा गरिए पनि असफल भयो । बलियो भारतसँग नेपाली खेलाडीले डिफेन्स र अफेन्समा राम्रो गर्न सकेन । सुरुको केही समय दबाब बनाए पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन । यसअघि समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेसँगै नेपाली टोलीले काँस्य पदक सुरक्षित गरेको हो । भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो । शुरुवाती पाँच मिनेटसम्म नेपाली खेलाडीले निकै चुनौती दिए । तर भारत ९–५ ले अगाडि नै रह्यो । यसपछि भने भारतीय खेलाडी हाबी हुन थाले । जसको कारण पहिलो हाफमा नेपाल दुई पल्ट अलआउट हुन पुग्यो । भारतले चार र नेपालले तीन बोनस अंक पाए । नेपालले एकपल्ट सुपर ट्याकल पनि ग¥यो । तर पनि नेपाली टोली १४ अंकले पछि रह्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्किने आशा थियो । तथापि नेपाली खेलाडी चल्न सकेनन् । यससँगै नेपालले ७ अंक मात्र जोड्न सक्यो । भारतले भने थप १७ अंक जोड्दै सहज जितसँगै स्वर्ण पदकका लागि फाइनलमा स्थान बनायो । समूहचरणमा नेपालले कुल तीन खेलमध्ये दुई खेलमा जित निकालेको थियो । समूह ‘बी’ को नेपालले थाइल्याण्डलाई ४६–४३ र श्रीलंकालाई ३४–२५ ले हराउँदा सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

काठमाडौं । काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औं एशियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ ।

टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी प्रतिद्वन्द्वी भारतसँग ४८–२४ को फराकिलो अन्तरले पराजित भएको हो । यससँगै नेपाली टोलीले पहिलोपल्ट एसियाली खेलकुदको फाइनलमा पुग्ने अवसर गुमायो । गत १९औं संस्करणको एसियाली खेलकुदमा पनि नेपाली टोली सेमिफाइनलमा रोकिएको थियो । यसपल्ट लामो तयारी रहेकाले नेपाल फाइनलमा पुग्ने आशा गरिए पनि असफल भयो । बलियो भारतसँग नेपाली खेलाडीले डिफेन्स र अफेन्समा राम्रो गर्न सकेन । सुरुको केही समय दबाब बनाए पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन ।

यसअघि समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेसँगै नेपाली टोलीले काँस्य पदक सुरक्षित गरेको हो । भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो । शुरुवाती पाँच मिनेटसम्म नेपाली खेलाडीले निकै चुनौती दिए । तर भारत ९–५ ले अगाडि नै रह्यो । यसपछि भने भारतीय खेलाडी हाबी हुन थाले । जसको कारण पहिलो हाफमा नेपाल दुई पल्ट अलआउट हुन पुग्यो । भारतले चार र नेपालले तीन बोनस अंक पाए । नेपालले एकपल्ट सुपर ट्याकल पनि ग¥यो । तर पनि नेपाली टोली १४ अंकले पछि रह्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्किने आशा थियो । तथापि नेपाली खेलाडी चल्न सकेनन् । यससँगै नेपालले ७ अंक मात्र जोड्न सक्यो ।

भारतले भने थप १७ अंक जोड्दै सहज जितसँगै स्वर्ण पदकका लागि फाइनलमा स्थान बनायो । समूहचरणमा नेपालले कुल तीन खेलमध्ये दुई खेलमा जित निकालेको थियो । समूह ‘बी’ को नेपालले थाइल्याण्डलाई ४६–४३ र श्रीलंकालाई ३४–२५ ले हराउँदा सेमिफाइनलको यात्रा पक्का गरेको हो ।


प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?