Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विश्वकप छनोट खेलको तयारीका लागि सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी


२१ जेठ, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि नेपाली टोली मंगलबार दक्षिण अफ्रिका गएको थियो । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहनुभएका सन्दीपलाई अदालती प्रक्रियाका कारण मंगलबार दक्षिण अफ्रिका भ्रमणमा समावेश गरिएको थिएन ।

अदालतमा सन्दीपको मुद्दा पेसी असार २९ गतेसम्म सरेकोले सन्दीपलाई सोमबारसम्म दक्षिण अफ्रिका पठाउने तयारी गरिएको क्यानले जनाएको छ । नेपाली टोलीसँग मुख्य प्रशिक्षक मोन्टी देसाई पनि गएका छैनन् । अमेरिकामा रहेका देसाईको त्यहाँबाट भिसा नलागेपछि भारतबाट भिषा प्रक्रिया पूरा गरेर अफ्रिका जान लागेको क्यानले जनाएको छ ।

जिम्बाबेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास गरेको हो । दक्षिण अफ्रिकामा नेपालले अभ्यास खेल समेत खेल्नेछ ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई २०७९ पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले सन्दीपलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ गरे बलात्कारको जाहेरी दिएकी थिइन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?