Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

विश्वकप छनोट खेलको तयारीका लागि सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी


२१ जेठ, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि नेपाली टोली मंगलबार दक्षिण अफ्रिका गएको थियो । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहनुभएका सन्दीपलाई अदालती प्रक्रियाका कारण मंगलबार दक्षिण अफ्रिका भ्रमणमा समावेश गरिएको थिएन ।

अदालतमा सन्दीपको मुद्दा पेसी असार २९ गतेसम्म सरेकोले सन्दीपलाई सोमबारसम्म दक्षिण अफ्रिका पठाउने तयारी गरिएको क्यानले जनाएको छ । नेपाली टोलीसँग मुख्य प्रशिक्षक मोन्टी देसाई पनि गएका छैनन् । अमेरिकामा रहेका देसाईको त्यहाँबाट भिसा नलागेपछि भारतबाट भिषा प्रक्रिया पूरा गरेर अफ्रिका जान लागेको क्यानले जनाएको छ ।

जिम्बाबेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास गरेको हो । दक्षिण अफ्रिकामा नेपालले अभ्यास खेल समेत खेल्नेछ ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई २०७९ पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले सन्दीपलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ गरे बलात्कारको जाहेरी दिएकी थिइन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?