Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भलिबलको उपाधि एपिएफलाई


२० जेष्ठ ,मनहरी । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले रु दुई लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले रु एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ‘बेष्ट अफ फाइभ’मा खेलाइएको खेलमा एपिएफले आर्मीमाथि पहिलो सेटमा २५–२०, दोस्रो सेटमा १७–२५, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २९–२७ को जित निकाल्दै उपाधि हासिल गर्यो ।

चौथो राउण्डमा निकै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको त्रिभुवन आर्मी एपिएफको सामाना गर्न सकेन् र उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल टोलीले तृतीय स्थान हासिल गरेसँगै रु ५०/५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

खेलको सर्वोत्कृष्ट खेलाडी एपिएफका विजय थापा घोषित भएका छन् । उनले रु १५ हजारसहित ट्रर्फी र मेडल प्राप्त गरे । खेलको ‘बेष्ट कोच’ एपिएफका पुष्पजङग मल्ल, ‘बेष्ट सेटर’ एपिएफका सुवास कुँवर घोषित भएका थिए भने ‘बेष्ट स्पाइकर’ त्रिभुवन आर्मी क्लबका शरण सामारी, ‘बेष्ट डिफेण्डर’ आर्मीका ईश्वर थापा, ‘बेष्ट बल्गर’ आर्मीकै खेलाडी सरोज चौधरी घोषित भएका थिए ।

उनिहरुले रु पाँच हजारसहित ट्रर्फी र मेडल प्राप्त गरे । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, मकवानपुर जिल्ला भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङ्जा र पाथिभरा टाईगर भलिबल टिम झापासहित सात समूहको सहभागिता रहेको थियो ।

फाइनल खेल अन्तर्राष्ट्रिय रेफ्री विकाश गुरुङले खेलाएका थिए । प्रतियोगितालाई हेटौँडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश सहयोगीका रुपमा रहेका र खेलमा लगभग रु २५ लाख खर्च भएको प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले बताए ।

यसवर्ष पुरुषतर्फको राष्ट्रिय खेल भए पनि आगामी वर्षदेखि महिलाको पनि प्रतियोगिता गरिने मकवानपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष वसन्त सिटौलाले बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?