२२ वैशाख, एजेन्सी । हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् । "हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ ," पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन् । प्रवक्ता
२२ वैशाख, एजेन्सी । बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बावजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रूसबाट बाहिर निस्कँदा ठूलो शुल्कको मारमा परेको कम्पनीले यस त्रैमाषिकमा नाफा बढाएको हो । करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन
२२ वैशाख, एजेन्सी । युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपतिले खण्डन गरेका छन्। फिनल्यान्ड भ्रमणमा रहेका भोलोदिमिर जेलेन्स्कीले आक्रमणबारे रूसी दाबीको खण्डन गर्दै भने,“हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ । हामी आफ्नो भूभागका लागि लड्छौँ । हामी हाम्रा गाउँ र सहरहरूको रक्षा
२२ वैशाख, एजेन्सी । युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तूममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ । पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ
२२ वैशाख ,काठमाडौँ । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९
२२ वैशाख ,लण्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन् । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले
२१ वैशाख, एजेन्सी । एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् । घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको
२१ वैशाख, एजेन्सी । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।
२१ वैशाख, एजेन्सी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन्। बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उनले सम्बन्धित सबै पक्षलाई विशेष आह्वान गरेका हुन्। केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले अप्रिलको मध्यमा सुडानमा शुरु
२१ वैशाख, एजेन्सी । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ । चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान