काठमाडौँ।अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ सार्वजनिक गर्दै पुँजी बजारलाई चलायमान बनाउने महत्वपूर्ण नीतिगत पहल अघि सारेको छ।
कार्ययोजनाले संस्थागत लगानीकर्ताको सहभागिता र लगानी विस्तार, पोर्टफोलियो पुनःसन्तुलन, CDS तथा क्लियरिङ प्रणालीको क्षमता अभिवृद्धि, PE/VC तथा स्टार्टअप फाइनान्सिङ र बैंक तथा वित्तीय संस्थाको पुँजी बजार लगानीको समीक्षा गर्ने व्यवस्था गरेको छ।
त्यस्तै, दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न पूँजीगत लाभकरमा सुधार तथा नोक्सानीलाई नाफासँग समायोजन गरी वास्तविक नेट गेनमा मात्र कर लगाउने व्यवस्था अघि सारिएको विषयले लगानीकर्ताको मनोबल बढाउने अपेक्षा गरिएको छ। संस्थागत बचत पुँजी बजारमा थप परिचालन हुँदा बजारको माग, तरलता र गहिराइ बढ्न सक्ने देखिन्छ। समग्रमा, अहिले सुस्ताएको पुँजी बजारलाई नीतिगत सुधारमार्फत पुनःचलायमान बनाउने सरकारको प्रयास सकारात्मक देखिएको छ।
कार्ययोजनाको प्रभावकारी र छिटो कार्यान्वयन हुन सके यसले लगानीकर्ताको विश्वास बढाउनुका साथै सुस्ताएको अर्थतन्त्रलाई समेत चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार