Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप


१९ श्रावण, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् ।

मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्यवृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाए ।

‘रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,’ जेलेन्स्कीले बुधवार भिडियो सम्बोधनमा भने, ‘युक्रेन विश्वव्यापी विपत्ति विरूद्धमा लडिरहेको छ ।’

‘उनीहरू विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य संकट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,’ जेलेन्स्कीलाई उदृत गर्दै अल जजिराले भनेको छ ।

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उदृत गर्दै सीएनएनले जनाएअनुसार बुधवार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मंगलवार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।

यसैबीच युक्रेनले बुधवार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधवार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आइतवार रूसमा युद्ध ‘बिस्तारै फर्किंदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताएका थिए ।

युक्रेनका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले भने, ‘युद्धभूमिमा रूसी आक्रामकता दिवालिया भएको छ । रूसी नेतृत्वले १ वा २ हप्तासम्म चल्ने अनुमान गरिएको तथाकथित ‘विशेष सैन्य अभियान’को आज ५२२ औं दिन हो ।

‘युक्रेन मजबुत बन्दै गइरहेको छ । बिस्तारै, युद्ध रूसको प्रतीकात्मक केन्द्रहरू र सैन्य आधारहरूमा फर्किरहेको छ र यो एक अपरिहार्य, प्राकृतिक र बिल्कुल निष्पक्ष प्रक्रिया हो,’ उनले भने ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?