Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग


पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरुको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताएकी छिन् । उनले व्यवस्थापन गरिसकिएका शवको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेकोप्रति पनि आपत्ति जनाएकी छिन् । उनकाअनुसार डीएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमूना दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । उनले सबै शवको डीएनए रिपोर्ट एकैपटक निकाल्ने तयारी गरिएकाले समय लाग्ने जानकारी पीडित परिवारले पाएको समेत बताइन् । उनले अनुहारसहित स्पष्ट रुपमा पहिचान भइसकेको शव परिवारलाई हस्तान्तरण गरिनुपर्ने बताएकी छिन् ।

उनले भनिन्,‘सरकार पक्षको एउटै कुरा छ, व्यवस्थापन गरिसकेको शवको डिएनएको रिपोर्ट म्याच भएपछि मात्रै दिन्छौँ भन्ने रहेको छ । पुलिस अस्पतालमा उहाँहरुले डिएनएको लागि रगत दिएको पनि १५ दिन भइसकेको छ । अझै पनि रिपोर्ट आएको छैन । डिएनए प्रमुखले सबैको डिएनए रिपोर्ट एकैपटक निकाल्ने भएको कारण समय लाग्ने कुरा गरेको पीडितको गुनासो छ । हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि जवाफ दिनुपर्ने भएको कारण ३, ४ महिना पनि लाग्नसक्छ भन्ने कुरा गर्नुभएको रहेछ । उहाँ एक जना मात्र नभई यो अवस्थाबाट गुज्रिरहेको धेरै जना हुनुहुन्छ । पीडा भएको मान्छे यतिधेरै कुर्न सक्दैन । यस विषयमा राज्यको संवेदनशीलता आवश्यक छ । अनुहारसहित स्पष्ट रुपमा शव पहिचान गरेर गरिएको दाबी भएको कारण म राज्यसँग स्पष्ट अनुरोध गर्न चाहन्छु, पहिचान भइसकेका शवलाई सम्बन्धित परिवारलाई जिम्मा दिनुप¥यो । होइन डिएनए नै चाहिने हो भने छिट्टै रिपोर्ट आउने व्यवस्था गरिदिनुपर्यो भन्ने उनीहरुको माग छ । पूर्ण पहिचान भएका शवको सनाखत गरी तत्काल हस्तान्तरण गरिदियोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

डीएनए परीक्षण अनिवार्य भए रिपोर्ट छिटो उपलब्ध गराउने व्यवस्था गर्न ओलीले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?