Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

युक्रेनले रुसको ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी


१९ श्रावण, एजेन्सी । रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर रुसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रुसले जनाएको छ ।

“आज राति युक्रेनी सशस्त्र बलहरूले नोभोरोसियस्क नौसेना आधारमा दुई मानव रहित समुद्री डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रमम मानव रहित ती डुङ्गाहरू नष्ट गरिएको छ,” रुसको टिप्पणी छ ।

नोभोरोसियस्कमा ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ। कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?