Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते


मकवानपुर ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मंगलवार दिउँसो करिव २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिव एक हजार मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक घाइते भएका छन् । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको तथा एक महिलालाई हेटौंडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा ट्राफिकसहित २१ जनाको टोली घटनास्थलमा पुगेको थियो । उद्धारका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनाका बेला चालकसहित इभीमा आठ जना सवार थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

घाइतेमध्ये चालक जिल्ला बारा कलैया उ.म.न.पा.२४ बस्ने वर्ष अन्दाजी २० को अमिर अन्सारीको टाउको दाईने खुट्टा र शरिरको विभिन्न भागमा चोट अबस्थाम गम्भीर भइ उपचारको लागि ट्रमा सेन्टर काठमाडौंतर्फ ल्याइँदै छ । मकवानपुर हेटौँडा उ.म.न.पा.११ बस्ने वर्ष अं.२३ कि कल्पना तामाङको ढाड खुट्टा र शरीरको विभिन्न भागमा चोट अबस्था गम्भिर भइ उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ इन भइ उपचार हुँदैछ, बारा महागढीमाई न.पा.११ बस्ने वर्ष अं.२१ की बबियाकुमारी यादवको दाईने खुट्टा,शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम उपचारको लागि हेटौँडा अस्पताल इन भइ उपचार हुँदैछ । हाल नाम थर वतन नखुलेको वर्ष अं.३४/३५को जस्तो देखिने पुरुष बोल्न नसक्ने गम्भिर घाईते भई उपचारको लागि ट्रमा सेन्टर इन भइ उपचार भइरहेको छ । हाल नामथर वतन नखुलेको ४ जना पुरुषको घट्नामा नै मृत्यु भएको,छ भने सनाखत हुन बाकी छ ।


प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?