Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

ईयूको कडा नियमहरू पूरा गर्ने टिकटकको घोषणा


२० श्रावण, एजेन्सी । रमाइलो र सन्देशमुलक भिडियो आदानप्रदानका लागि बनाइएको विश्वप्रसिद्ध प्लेटफर्म टिकटकले युरोपेली प्रयोगकर्ताहरूलाई सेवा प्रदायकहरूको रूचिमा आधारित लत लाग्ने सामग्री देखाउन बन्द गर्न अनुमति दिनेसहित ईयूको कडा नियमहरू पूरा गर्न शुक्रबार परिवर्तनहरूको घोषणा गरेको छ ।

नयाँ नियमअनुसार इन्टरनेट कम्पनीहरूले तथ्याङ्कको गोपनीयता, बालकल्याण संरक्षण, भ्रामक सूचना र ‘हेट स्पीच’ नियन्त्रणमा कडा कदम चाल्नुपर्नेछ । टिकटकका साथै अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्टसहित वेबका १९ ठूला कम्पनीहरूले अगस्ट २८ सम्म पालना गर्नुपर्नेछ ।

डिजिटल बजारको रेखदेख गर्ने युरोपेली आयुक्त थियरी ब्रेटनले गत महिना टिकटकलाई नयाँ मापदण्ड अपनाउन निर्देशन दिएका थिए ।

उक्त चेतावनीलाई ध्यानमा राख्दै टिकटकले युरोपका प्रयोगकर्ताहरूलाई ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको छ । मानिसहरूलाई उनीहरूको व्यक्तिगत रुचिको आधारमा सिफारिस गरिएको सामग्रीको साथ भिडियोहरू राख्ने ‘तपाईंको लागि’ फिडलाई सङ्केत गर्दै ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको हो ।

टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “युरोपेली प्रयोगकर्ताले आफू बस्ने ठाउँ र विश्वभरका लोकप्रिय भिडियोहरू प्राप्त गर्न सक्नेछन् ।”

टिकटकको सम्पादन सुविधाहरू र एआई–सञ्चालित कलन विधि (एल्गोरिदम) को कारण टिकटक विशेष गरी युवा दर्शकहरूबीच विश्वभर लोकप्रिय छ र यसका एक अरबभन्दा बढी प्रयोगकर्ताहरू छन् ।

यद्यपि चीनसँगको सम्बन्धलाई लिएर पश्चिमा मुलुकहरूबाट टिकटकको चर्को आलोचना भइरहेको छ । टिकटकको लगानीकर्ता संस्था बाइटडान्स चिनियाँ भएको बताइने गरेपनि कम्पनीले यसलाई बेइजिङको संरक्षणमा रहेको अस्वीकार गरेको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?