Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

ईयूको कडा नियमहरू पूरा गर्ने टिकटकको घोषणा


२० श्रावण, एजेन्सी । रमाइलो र सन्देशमुलक भिडियो आदानप्रदानका लागि बनाइएको विश्वप्रसिद्ध प्लेटफर्म टिकटकले युरोपेली प्रयोगकर्ताहरूलाई सेवा प्रदायकहरूको रूचिमा आधारित लत लाग्ने सामग्री देखाउन बन्द गर्न अनुमति दिनेसहित ईयूको कडा नियमहरू पूरा गर्न शुक्रबार परिवर्तनहरूको घोषणा गरेको छ ।

नयाँ नियमअनुसार इन्टरनेट कम्पनीहरूले तथ्याङ्कको गोपनीयता, बालकल्याण संरक्षण, भ्रामक सूचना र ‘हेट स्पीच’ नियन्त्रणमा कडा कदम चाल्नुपर्नेछ । टिकटकका साथै अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्टसहित वेबका १९ ठूला कम्पनीहरूले अगस्ट २८ सम्म पालना गर्नुपर्नेछ ।

डिजिटल बजारको रेखदेख गर्ने युरोपेली आयुक्त थियरी ब्रेटनले गत महिना टिकटकलाई नयाँ मापदण्ड अपनाउन निर्देशन दिएका थिए ।

उक्त चेतावनीलाई ध्यानमा राख्दै टिकटकले युरोपका प्रयोगकर्ताहरूलाई ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको छ । मानिसहरूलाई उनीहरूको व्यक्तिगत रुचिको आधारमा सिफारिस गरिएको सामग्रीको साथ भिडियोहरू राख्ने ‘तपाईंको लागि’ फिडलाई सङ्केत गर्दै ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको हो ।

टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “युरोपेली प्रयोगकर्ताले आफू बस्ने ठाउँ र विश्वभरका लोकप्रिय भिडियोहरू प्राप्त गर्न सक्नेछन् ।”

टिकटकको सम्पादन सुविधाहरू र एआई–सञ्चालित कलन विधि (एल्गोरिदम) को कारण टिकटक विशेष गरी युवा दर्शकहरूबीच विश्वभर लोकप्रिय छ र यसका एक अरबभन्दा बढी प्रयोगकर्ताहरू छन् ।

यद्यपि चीनसँगको सम्बन्धलाई लिएर पश्चिमा मुलुकहरूबाट टिकटकको चर्को आलोचना भइरहेको छ । टिकटकको लगानीकर्ता संस्था बाइटडान्स चिनियाँ भएको बताइने गरेपनि कम्पनीले यसलाई बेइजिङको संरक्षणमा रहेको अस्वीकार गरेको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?