Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता: युनिसेफ


२० श्रावण, एजेन्सी । सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको “गम्भीर आवश्यकता” रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ।

सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्।
यो सङ्ख्या पछिल्लो सङ्कट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त सङ्ख्या हो ।

“पाँच वर्ष मुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन्। एक वर्ष मुनिका १७ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट वञ्चित छन् ।

अप्रिलको मध्यमा सुडानमा द्वन्द्व शुरु भएदेखि युनिसेफका अनुसार कम्तिमा ४३५ बालबालिका मारिएका छन् र २,०२५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।

सुडानमा २ करोड भन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन सङ्ख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले बिहीबार चेतावनी दिएको छ।

अप्रिल १५ मा सेना र र्यािपिड सपोर्ट फोर्सबीच युद्ध शुरु भएको थियो। यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका ८४४,००० सहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?